दमक, ३१ चैत / झापाको दमकमा रात्रिकालिन बजार बढ्न थालेका छन् । यसक्रममा दमक ६ स्थित पुरानो बजार क्षेत्रमा पर्ने मिसाल मार्केट र असन मार्गमा समेत रात्रिकालिन बजार थपिएको छ ।
नयाँ वर्षको अवसरमा सोमबारबाट सुरु हुने बजारको आइतबार साँझ एकसाथ उद्घाटन गरिएको छ । एक कार्यक्रमकाबीच सो बजारको वडा नम्बर ६ का अध्यक्ष टेकबहादुर थापाले उद्घाटन् गर्दै मन्दि रहेको व्यवसाय बृद्धिमा यसखाले बजारले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
उद्घाटन कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईं गोपालले यसखाले बजारले आफ्नो काम सकेर राति ९ बजेसम्म किनमेल गर्न ग्राहकलाई सहजता प्रदान गर्ने बताउनु भयो ।
यसअघि दमक ६ र ७ को सीमास्थल पशुहाट नजिक बसपार्क उत्तरमा रात्रिकालिन सस्तो बजार सञ्चालनमा ल्याइएको थियो ।









