"लागूऔषध"

झापाबाट ब्राउन सुगर सहित एक जना पक्राउ

 

 

झापा / झापाको बिर्तामोड नगरपालिका ५ पञ्चकन्या चौकबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही स्थानका २४ वर्षीय सुनिल लिम्बु रहेका छन् । मंगबार बेलुका ६ बजे अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर २९ ग्राम, नगद दुई हजार र मोबाइल थान-२ सहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Share: