नयाँ वर्ष २०८२ को शुभकामना सन्देश

यो वर्ष अझ फलदायी र सुखमय बनाइने मुख्यमन्त्री कार्कीको भनाई

नयाँ वर्षको सुरुवातदेखि नै पर्यटन वर्ष २०८२ घोषणा

दमक, १ बैशाख / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विगतका कामहरूको समीक्षा गर्दै नयाँ वर्ष २०८२ लाई अझ फलदायी र सुखमय बनाउने बताउनु भएको छ ।

 

 

प्रदेशवासीमा नयाँ वर्षको सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै नयाँ उत्साह थप्नका लागि नयाँ वर्षको सुरुवातदेखि नै पर्यटन वर्ष २०८२ घोषणा गरेर प्रदेशलाई स्वच्छ, सुखी र समुन्नत प्रदेश बनाउने आधारशीला तय गरिने जनाउनु भयो । उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा नयाँ वर्षमा नै लगानी सम्मेलन गरेर प्रदेशको सुख प्रदेशको विकास समृद्धिमा नयाँ इटा थप्ने प्रयत्नसमेत भइरहेको उल्लेख छ ।

 

 

सीमित स्रोत साधनले जनताका आकांक्षालाई भनेजस्तो पूरा गर्न नसके पनि संघीयताको यो सात वर्षमा कोशी प्रदेश सरकारले धेरै काम गरेको उल्लेख गर्दै त्यसलाई तथ्यको आधारमा प्रस्तुत गरेर अगाडि बढ्नुपर्ने अवस्था रहेको शुभकामना सन्देशमा उल्लेख छ ।

 

 

उहाँले संघीय संरचनाहरूलाई सबलीकरण गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गर्न संघीयतालाई बलियो बनाउनुपर्ने जिम्मेबारी रहेको जनाउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,