बुद्धिचालको हब बन्दै पथरी शनिश्चरे

सहिद रत्नकुमार वान्तवा बुद्धिचालमा पाँचथरका थापालाई उपाधि

पूर्व नेपाल च्याम्पियनहरुको समेत सहभागितामा खेलको रौनकता

पथरी, १ बैशाख / मोरङको पथरी शनिश्चरे वडा नम्बर २ मा सम्पन्न सहिद रत्नकुमार बान्तवा चौथो राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८१ को उपाधि पाँचथरका रिसन थापाले जित्नु भएको छ ।

 

रिसनले ७ जित र २ बराबरी खेल्दै ८ अङ्क जोडेर विजय हासिल गर्न सफल बन्दा नगद ५१ हजार रूपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

 

रिसनले पहिलो चरणमा वाल्मीकि स्कुल पथरीका सम्राट बस्नेत (१५८५), बिर्तामोडका क्षितिज लिम्बू (१६३७), दमककी कृतिसारा अधिकारी (१७३६), पूर्व नेपाल च्याम्पियन नवीन तन्डुकार (१८१२), शीर्ष रेटेड खेलाडी पुरुषोत्तम सिलवाल (२०८८), पूर्व नेपाल च्याम्पियन कृष्ण थापा (१९८५), नेपाल च्याम्पियन रुपेश जैसवाल (२०६८) लाई पराजित गर्नुभएको थियो । अर्कातर्फ पूर्व नेपाल च्याम्पियनहरू सुश्रुत दाहाल (२०५६), पुरुषोत्तम चौलागाईं (१८९८) सँग बराबरी खेल्नु भएको थियो । १८७३ रेटेड रिसनले आफ्नो रेटिङमा ५० अङ्क सुधार गर्नुभएको छ भने पर्फर्मेन्स रेटिङ २२२५ रहेको थियो ।

 

अन्तिम चरणमा नेपाल च्याम्पियन रुपेश जैसवालमाथि संघर्षपूर्ण जीत निकालेका बिर्तामोडका ज्वाला इम्बुङ ७.५ अङ्कसहित दोस्रो र खोटाङका धिरेन राईलाई अन्तिम चरणमा पराजित गरेका इनरुवाका राजनकुमार पोख्रेल तेस्रो बन्नुभयो । अन्तिम चरणमा रिसनसँग भिडेका पूर्व नेपाल च्याम्पियन पुरुषोत्तम चम्लागांई जित निकाल्न नसकेपछि चौथो स्थानमा छोडिनु भयो । रिसनविरुद्ध स्पस्ट अङ्क प्राप्त गरेको भए चौलागाईं नै च्याम्पियन हुने अवस्था रहेको उल्लेख छ । प्रतियोगितामा पथरीका निलम बस्नेतले पाँचौं, दमकका राजन सुवेदी छैटौं, काठमाडौंका बद्रीलाल नेपाली सातौँ, हेटौंडाका कृष्ण थापा आँठौं, काठमाडौंका राजन पुरीले नवौं स्थान हासिल गर्नुभयो ।

 

 

अनिस तामाङ पथरी शनिश्चरे प्रथम र उद्धवराज थापा पथरीशनिश्चरे दोस्रो बन्नुभयो । बाल्मीकि मेमोरियलका सम्राट बस्नेत पथरीशनिश्चरे स्कुल प्रथम, एभरेष्टका सिद्धान्त कन्दङ्वा पथरी शनिश्चरे स्कुल दोस्रो, एभरेष्टकै आयुश लिम्बू पथरी शनिश्चरे स्कुल तेस्रो स्थान हासिल गर्न सफल बन्नुभयो ।

 

 

३ अङ्क प्राप्त गर्न सफल पञ्चायत माविकी दिव्या राई पथरीशनिश्चरे महिला प्रथम र वाल्मीकि माविकी प्रतीक्षा राई पथरीशनिश्चरे महिला दोस्रो बनेर पुरस्कृत हुनुभयो ।

 

 

गत चैत्र २७ गतेदेखि सञ्चालन भएको ४ दिवसीय प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा प्रमुख आर्बिटर डम्बर वाच्छना राईले विजयी खेलाडीहरुको नाम सार्वजनिक गर्नुभएको थियो । प्रतियोगिता आयोजक फ्रेण्डसीप बुद्धिचाल क्लबका अध्यक्ष धनराज (अमीर) राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,