नयाँ वर्षमा खाना महाेत्सव

ग्रामीण पर्यटन प्रवर्द्धनमा मुख्यमन्त्री कार्कीको जोड

उहाँले भन्नुभयो - ‘हामीले के गर्दा यहाँ धेरै भन्दा धेरै मानिस आउन सक्छन् त्यो हामी सहयोग गर्न तयार छौं ।’

दमक, १ बैशाख ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारी तवरबाट पर्यटन वर्षको घोषणा गर्दै कार्यक्रम सञ्चालन गरिरहे पनि ग्रामीण पर्यटन प्रवर्द्धनमा ध्यान नपुगेको जनाउनुभएको छ ।

मोरङको बेलबारीस्थित वेतना सिमसार तथा वन उपभोक्ता समितिले नयाँ वर्षको सन्दर्भमा आयोजना गरेको शुभकामना आदान प्रदान र फुड फेस्टिबल उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । ग्रामीण पर्यटनका लागि ध्यान दिएर पूर्वाधारको विकास र सुरक्षाको प्रवन्ध गर्नु अझ आवश्यक रहेको भन्दै यसखाले वातावरण बनाउन सबै लाग्नु आवश्यक रहेको कुरामा उहाँको जोड छ ।

प्रदेश सरकारले २०८२ लाई कोशी पर्यटन वर्षको रुपमा घोषणा गरेर त्यसको प्रभावकारिता हाँसिल गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले बेलबारीसहितको सिमसार र अन्य पर्यटकीय सम्भावनाका क्षेत्रको प्रवद्र्धनमा सरकारले के गर्दा मानिसहरु बढी आउने वातावरण बन्छ त्यो गर्न आफू तयार रहेको धारणा समेत व्यक्त गर्दै उत्साह भर्नुभयो । उहाँले भन्नुभयो – ‘हामीले के गर्दा यहाँ धेरै भन्दा धेरै मानिस आउन सक्छन् त्यो हामी सहयोग गर्न तयार छौं ।’

बेलबारी नगर उपप्रमुख नीतु थापाले बेलबारीमा वेतना सिमसार र धनपालगढीलाई समेत पर्यटन गन्तव्यका रुपमा सरकारले औंल्याएकोमा खुसी व्यक्त गर्दै यसको प्रवद्र्धनमा जुट्दै जानुपर्नेमा जोड दिनुभयो ।

स्थानीय उत्पादनलाई प्रवद्र्धनका लागि पर्यटनसँग समेत जोडेर आयोजना गरिएको फुड फेस्टिभलले उत्साह भर्ने देखिएको छ । ग्रामिण पर्यटन प्रवर्द्धनमा यसखाले कार्यक्रम स्थानीय विकासको प्रमुख आधारसमेत बन्ने देखिन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ

बाढीपहिरोपछि बजार अनुगमन तीव्र, १० विशेष टोली परिचालन हुने

काठमान्डौ,१५ भदौ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति