दमक, ३ बैशाख / झापाको दमकस्थित आइएमई लाइफ इन्सोरेन्स कम्पनी शाखामा कार्यरत कर्मचारी अस्मिता आपगाईंले आफ्नो जन्मदिनमा ज्येष्ठ नागरिकलाई खाना खुवाउने कार्यक्रम राख्नु भएको छ ।
इन्सोरेन्सकी अपरेशन इञ्चार्ज आपगाईंले रत्न बृद्धाश्रम दमकका ज्येष्ठ नागरिकलाई फलफूलकासाथै खाना खुवाउने कार्य सम्पन्न गर्नुभएको हो ।
सो अवसरमा इन्सोरेन्सका शाखा प्रमुख, चिज एजेन्सी मेनेजर, सिनियर एजेन्सी मेनेजरसहितका २० जना बढी कर्मचारीको उपस्थिति रहेको थियो ।









