चलचित्र

‘लाज शरणम्‌’ ले बनायो प्रदर्शनको ५१ औं दिनको इतिहास

यो इतिहास बनाउनेमा दमक र विर्तामोड पनि

दमक, ४ बैशाख / नेपाली राजनीतिमा भित्रिएको विकृतिबीच कर्णालीको व्यथालाई हास्यशैलीमा प्रस्तुत चलचित्र ‘लाज शरणम्‌’ले प्रदर्शनको ५१ औं दिन मनाएको छ ।

 

५१ दिनसम्मको प्रदर्शनको यात्राका सन्दर्भमा यसका मुख्य कलाकार सीताराम कट्टेलले यात्राका सारथी, सहयात्री, शुभेच्छुक र दर्शकहरुप्रति कृतज्ञता सन्देश जारी गर्नुभएको छ ।

 

‘दर्शकहरुबाट चलचित्र ठिक छ भन्ने प्रतिक्रिया नआएसम्म हामीले जतिसुकै राम्रो काम गरेका छौँ भने पनि त्यो सावित हुने थिएन । यसकारण दर्शकको साथ केवल साथ मात्र होइन । दिशा निर्धारण गर्न रणनीति बनाउने आधार पनि हो । नेपाली चलचित्रको बजारलाई बचाउने अभियान पनि हो ।’ आमदर्शकबाट प्राप्त आत्मीय र भरोसायोग्य साथ सफल यात्राको मानक भएको बताउँदै उहाँले भन्नुभयो ‘दर्शकको साथबाट हाम्रो चलचित्रले प्रतिष्ठा प्राप्त गर्न सकेको छ । यसप्रति आमदर्शकप्रतिको ऋणलाई दायित्व ठानेका छौँ । यसलाई आगामी सिर्जनाको उत्कृष्टताबाट तिर्ने प्रयास गर्नेछौँ ।’

 

नेपाली सिनेमालाई रचनात्मक उद्योगका रुपमा विकास गर्न क्रियाशील चलचित्रका आयामसँग सम्बन्धित संघसंस्थाहरुको साथ अविस्मरणीय रहेको कट्टेलले उल्लेख गर्नुभएको छ । समाचार र समीक्षामार्फत हामीमाथि निगरानी गरिरहने आमसञ्चारकर्मीप्रति आभार समेत व्यक्त गर्नुभयो ।
चलचित्र अध्ययनको यो विश्वविद्यालयबाट आफूहरुले धेरै पाठ सिकेको र यो सिकाइमा प्रत्यक्ष अप्रत्यक्ष योगदान गर्ने सबैको गुन स्मरण गरेको उल्लेख गर्नुभएको छ ।

 

‘लाज शरणम्‌’ २०८१ फागुन १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको थियो । धेरैजसो हलमा चलचित्र उत्रिएको छ भनें काठमाडौंसहितका केही स्थानमा भनें ५१ औं दिन मनाउन सफल भएको छ । ‘लाज शरणम्‌’ले काठमाडौं उपत्यकाका क्यूएफएक्स, आईएनआई सिनेमाज, एफक्यूब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विग मुभिज र मोफसलमा झापाको विर्तामोडको क्यूएफएक्स, दमकको डिम्याक्स सिनेमाज र बुटवलको आईएनआई सिनेमाजमा प्रदर्शनको ५१ औँ दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जनाउनु भयो ।
पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको ‘लाज शरणम्‌’ले हालसम्म ५ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माता श्रेष्ठको भनाई छ ।

 

 

कर्णालीको कथाव्यथा प्रस्तुत गरेको चलचित्रमा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, महेश त्रिपाठी, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा रहनु भएको छ । चलचित्रलाई कुमार कट्टेलले निर्देशन गर्नुभएको हो । चलचित्रमा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता रहनु भएको छ । सुदीप बरालले चलचित्र छायांकन गर्नुभएको हो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,