दमक, ४ बैशाख / झापा बाहेक अन्य जिल्लाबाट समेत आउने विरामीको चाप बढिरहको दमक अस्पतालमा भोलिबाट सघन उपचार कक्ष (आइसीयु) निर्माण कार्य सुरु हुने भएको छ ।
लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ सी को करिब १ करोड ५० लाख रुपैयाँ र दमक अस्पतालको ५१ लाख रुपैयाँको संयुक्त लगानीमा निर्माण कार्य थालिन लागेको हो ।
निर्माण कार्य बैशाख महिनाभित्र सम्पन्न गरी जेठ महिनाबाट सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको अस्पतालले जनाएको छ ।









