वनमा पनि राजनीतिक दाउपेच

सुन्दर निचाझोडा वनमा चारदलीय गठवन्धन विजयी

बिर्तामोड, ५ बैशाख / झापाको बिर्तामोड ७ मा रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनको निर्वाचनमा दलबाट खुलेर उम्मेदवार बन्ने काम भयो । जसमा चारदलीय गठबन्धनको प्यानल निर्वाचित भएको छ ।

 

नेकपा एमालेको प्यानललाई पराजित गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको गठबन्धन निर्वाचित भएको हो । एमालेका उम्मेद्वार सूर्यबहादुर भट्टराईलाई २३१ मतको फराकिलो अन्तरले पराजित गरी गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेद्वार कृष्णप्रसाद लिम्बू निर्वाचित बन्नु भएको छ । लिम्बूले ४८४ मत ल्याउँदा भट्टराईले मात्र २५३ मत प्राप्त गर्नुभएको थियो । अघिल्लो कार्यकाल एमालेका उम्मेदवार अध्यक्षमा निर्वाचित भएका थिए ।

 

त्यस्तै, गठबन्धनका तर्फबाट उपाध्यक्षमा मंगलसिंह साँवा, सचिव इन्दिरा अधिकारी बाँसकोटा, सहसचिव जीवन कार्की र कोषाध्यक्षमा इश्वरादेवी भट्टराईले विजय हासिल गर्नुभएको छ । महिला सदस्यमा शान्ता उप्रेती, मञ्जु कट्टेल उप्रेती, जनजातितर्फ बुद्धराज लिम्बू, दलिततर्फ सावित्रा कार्की र आदिवासीतर्फ मनमाया हस्ता विजयी बन्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,