दमक, ५ बैशाख / विश्वमा शान्तिको सन्देश फैलाउने गौतम बुद्धको जन्मस्थल कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्षमाथि नै अशान्ति सृजना गरेर गोली प्रहार भएको छ ।
मायादेवी गाउँपालिका १ मा रहेको निवासमा अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार राति ११ः३० बज गोली प्रहार भएको हो ।
अज्ञात व्यक्तिबाट अध्यक्ष चौधरीलाई लक्षित गरि प्रहार भएको गोली भित्तामा लागेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले जनाउनु भयो ।
राति विद्युत गएको समयमा आफू शौचालय गएर फर्कने क्रममा आफू माथि गोली प्रहार भएको चौधरीले जानकारी गराउनु भएको छ । गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।









