स्वास्थ्य बीमामा समस्या

भुक्तानी गर्नुपर्ने १६ अर्ब ४५ करोड, कोषमा छ मात्र १ अर्ब

विगत १० महिनादेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नहुँदा उपचारमा आनाकानी

दमक, ५ बैशाख / विगत १० महिनादेखि स्वास्थ्य बीमाको रकम भूक्तानी नहुँदा अस्पतालहरुले विरामी उपचार गर्न आनाकानी गर्न थालेका छन् ।

बीमा बापत १६ अर्ब ४५ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको अवस्थामा बीमा बोर्डसँग भुक्तानी बराबर पनि रकम नरहेकाले अर्को समस्या देखिएको छ । सरकारले अस्पताललाई रकम भुक्तानी गर्न नसक्दा स्वास्थ्य बीमाबाट हुँदै आएको उपचारमा नागरिकले समस्या भोग्न थालेका छन् ।

देशभर ४ सय ८५ वटा अस्पताललाई सरकारले स्वास्थ्य बिमामार्फत औषधि उपचार सेवाका लागि रकम भुक्तानी दिँदै आएको छ । तर पछिल्लो १० महिनायता औषधि उपचारमा अस्पतालले भुक्तानी पाउन नसकेकाले बीमा मार्फत अब उपचार गर्न सम्भव नहुने अस्पतालहरुको प्रतिक्रिया आइरहेको छ ।

देशभरका अस्पताललाई १६ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लले जनाउनु भयो । मल्लका अनुसार बीमा बोर्डसँग भुक्तानी बराबर पनि रकम छैन । चालु आर्थिक वर्षको फागुन मसान्तमा बोर्डमा जम्मा एक अर्ब रकम छ भनें भुक्तानी दिनुपर्ने दायित्व भनें १६ अर्ब ४५ करोड पुगिसकेको छ ।

बोर्डको कोषमा आम्दानीका सीमित स्रोत र घाटा बजेट छ । स्वास्थ्य बीमा कोषमा बीमितबाट प्राप्त हुने रकम र नेपाल सरकारबाट प्राप्त हुने रकम मात्र जम्मा हुने गरेको छ । यो रकम उपचार खर्च भुक्तानीमा पर्याप्त नरहेको बोर्डका सूचना अधिकारी मल्लले उल्लेख गर्नुभयो । चालु आर्थिक वर्षमा बोर्डले जम्मा २६ अर्ब ५९ करोडको बजेट स्वीकृत गरेको छ, तर प्राप्त हुने रकम स्वीकृत बजेटको एक तिहाई मात्र हुने देखिन्छ ।

बीमा कार्यक्रम हालसम्म ७७ जिल्लाका ७४९ स्थानीय तहमा विस्तार भएको छ । हालसम्म कुल ८९ लाख ५२ हजार १३५ व्यक्ति यसमा आबद्ध छन् । देशभर ४०४ वटा सरकारी, २३ सामुदायिक र निजी ४८ गरी चार सय ८५ वटा अस्पतालले स्वास्थ्य बिमामार्फत औषधि उपचार सेवा दिँदै आएका छन् ।

आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म क्रियाशील बिमितको संख्या ५७ लाख ५३ हजार ८१७ छ, जुन कुल जनसंख्याको २० प्रतिशत हो ।सामान्य क्रियाशील बिमित ४३ लाख दुई हजार ७०९ अर्थात् कुल बीमितमध्ये ७५ प्रतिशत र क्रियाशील लक्षित बीमित १४ लाख ५१ हजार १०८ अर्थात् २५ प्रतिशत छन् । अझै पनि ८० प्रतिशत नागरिकलाई यसमा समेटनुपर्ने देखिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,