शोक बिदा

जग्गादाताकाे निधन हुँदा इटहरीमा शोक बिदा

Untitled-3-copy

 

 

झापा / इटहरी उपमहानगरपालिकाका जग्गादाता इटहरी ४ निवासी दानवीर हेमनारायण चौधरीको निधनमा इटहरी उपमहानगर कार्यालय र वडा कार्यालयहरूमा आज शोक बिदा गरिएको छ । उपमहानगरपालालिका परिसरमा बिहान शोक सभा गरेर शोक बिदा दिइएको हो ।

चौधरी परिवारले तत्कालिन इटहरी गाँउपञ्चायत रहँदै करिब तीन विगाह जग्गा प्रशासनिक भवन निर्माणका लागि प्रदान गरेका थिए । सोही जग्गामा अहिले उपमहानगरपालिका कार्यालय रहेको छ । शोक सभामा वोल्दै उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले स्व हेमनारायण चौधरीको परिवारले इटहरी उपमहानगरको सम्वृद्धि र विकासका लागि पूरयाएको योगदानको उच्च प्रशंसा गरे ।

उनले इटहरी अस्पताललाई समेत जग्गा प्रदान गर्ने चौधरी परिवारका धर्मनारायण र हेमनारायण चौधरीको सालिक इटहरी अस्पताल परिसरमा भोलीदेखिनै निर्माण सुरु गर्ने बताए ।

उपप्रमुख लक्ष्मी गौतमले स्व चौधरीको योगदानका बारेमा बताउँदै जग्गादाताका नाममा स्मृति भवन,सभा हल बनाउने नीतिगत निर्णय नै भएको जानकारी गराइन् । वडानम्वर ४ का अध्यक्ष चन्द्र भट्टराईले स्व चौधरी दानवीर हुनुका साथै सामाजिक,राजनीतिक व्यक्तित्व समेत रहेको प्रष्ट पारे ।

स्व चौधरीको परिवारका तर्फबाट सोनेलाल चौधरी र नगेन्द्र चौधरीले उपमहानगरले शोक सभा गरेर शोकविदा समेत दिएकोमा धन्यवाद ज्ञापन गरे । इटहरीउपमहानगरपालिका,इटहरी अस्पताल,राधाकृष्ण मन्दिर,वुध आइत हटिया लगायतका लागि जग्गा प्रदान गर्ने चौधरी परिवारका हेम नारायण चौधरीको अस्ति उपचारका क्रममा विराटनगरमा निधन भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन