कालोझण्डा देखाउँदै नाराबाजी

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कालो झण्डा देखाउने प्रयास

Kalo-jhanda

 

 

 

विराटनगर  एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कालो झण्डा देखाउने प्रयास गरेका छन् ।

काठमाडौंदेखि विराटनगर आएका मुख्यमन्त्री राईलाई विराटनगर एयरपोर्टबाट मुख्यमन्त्रीको कार्यालय आउने क्रममा कञ्चनबारी एरियामा अनेरास्ववियुका केही विद्यार्थी नेताले कालो झण्डा देखाउने प्रयास गरेका हुन् । ठूलो संख्यामा परिचालित प्रहरीले उनीहरुलाई रोकेको थियो भने मुख्यमन्त्रीको गाडी क्रस गरिसकेपछि विद्यार्थीहरुले कालोझण्डा देखाउँदै नाराबाजी गरेका थिए ।

प्रदेश १ मा मन्त्रीहरु थप गर्ने र मन्त्रालय टुक्र्याउने सरकारको निर्णयको विरोध र स्थानीय तहको निर्वाचनमा समयमै नगरेको भन्दै कालो झण्डा देखाएको अनेरास्ववियुका नेता भाष्कर खनालले बताए । त्यसक्रममा प्रहरीले धरपकडसमेत गरेको उनले बताए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।