राष्ट्रयि खेलकुद

राष्ट्रयि खेलकुद परषिद्को बैठक बोलाउन माग

 

 

काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्यहरूले परिषद्को बोर्ड बैठक बोलाउन माग गरेका छन् ।

राखेपका १३ सदस्यहरूले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजलाई पत्र लेख्दै बोर्ड बैठक बोलाउन माग गरेका हुन् ।

उनीहरूले परिषद्को बोर्ड बैठक बोलाउन माग गर्दै मन्त्रालयमा पत्र दर्ता गराएका छन् । यस अघि परिषद्को बोर्ड बैठक २०७८ असार २९ गतेका लागि निर्धारण गरिएको थियो । तर, मन्त्रिपरिषदमा फेरबदल भएपछि बोर्ड बैठक बस्न सकेको थिएन । बोर्डका सदस्य एकेन्द्र कुँवरले राखेपमा देखिएको अन्यौलतालाई अन्त्य गर्न बोर्ड बैठक बोलाउन माग गरिएको बताए । उनले राखेपमा निकास दिन खेलकुदमन्त्रीले भूमिका निर्वाह गर्ने विश्वास गरे ।

७ महिना बितिसक्दा पनि परिषद्को बैठक बस्न नसकेकाले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १० को उपदफा ४ बमोजिम परिषद्को बैठक बोलाउन संयुक्त रूपमा अनुरोध गरिएको पत्रमा उल्लेख छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी

१,३८५ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।बाढीका कारण रसुवा, नुवाकोट,

प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन फोरएच नेपालको माग

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच