दमक, ७ बैशाख / झापाको दमकस्थित क्याम्पस मोडमा रहेको बेसलाइन इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीले आइतबार एक कार्यक्रमबीच आफ्नो सेवाको प्रभावकारिता बारे बताउँदै आफ्नो कार्यालय दमक चोकमा सरेको जानकारी गराएको छ । औपचारिक रुपमा दमक चोकको शाखा कार्यालय उद्घाटन गरिएको थियो ।
दमक ८ डाँफे चोकस्थित उज्यालो खबर /रेडियो किंग एफसँगैको भवनमा सरेको कन्सल्टेन्सीले विशेष गरी अध्यनका लागि जापान जानेहरुका लागि परामर्श र तालिमका कार्यक्रम सञ्चालन गर्दै आएको शाखा प्रमुख विजय विष्टले जनाउनु भयो ।
उर्लाबारीमा पनि शाखा कार्यालय रहेको कन्सल्टेन्सीले जापानका अतिरिक्त युएसए, युके, अष्टे्लिया, न्यूजिल्याण्ड, क्यानडा, साउथ कोरिया तथा युरोपियन मुलुकको अध्ययनका लागि आइइएलटीएस, पीटीइसहितका सेवा प्रवाह गर्दै आएको विष्टले बताउनु भयो ।









