सरकार– शिक्षक टकराव

जसरी पनि परीक्षा गर्ने भनेको बोर्डले किन सार्‍यो परीक्षा ?

दमक, १० बैशाख / जसरी पनि तोकिएको समय अर्थात बैशाख ११ बाट कक्षा १२ को परीक्षा गर्ने दृढता व्यक्त गरेको राष्ट्रिय परीक्षा बोर्ड त्यो दृढताबाट पछि हटेको छ । आन्दोलनमा रहेका शिक्षकहरु विद्यालय नफर्किए पनि कर्मचारीसहित अन्य संयन्त्र परिचालन गरेर भएपनि परीक्षा गरिछोड्ने भनाई एक दिन पनि टिकेन र परीक्षा बैशाख २१ गतेदेखि गर्ने भनेर हिजो दिउँसो मिति सारियो ।

आखिर शिक्षकहरु नहुँदा परीक्षा सञ्चालन गर्न नसकिने सिधासिधी तथ्यमा किन सरकारले आफ्‌नो घमण्ड प्रस्तुत गर्यो ? शिक्षकहरुले विद्यालय शिक्षा विधेयक पारित गरी यथासिघ्र ऐन बन्नुपर्ने मागसँग टकराव गर्न सरकारले परीक्षाको विषयलाई माध्यम बनायो । तर परीक्षा गराउन शिक्षककै आवश्यकता पर्ने कुरालाई नकार्नसक्ने अवस्था भएन ।

वैशाख ११ गतेदेखिका लागि तय भएको परीक्षा शिक्षकहरूको आन्दोलनका कारण सार्नु परेको भन्ने कुरा बोर्डले सिधा उल्लेख नगरे पनि तथ्य त्यही थियो । यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग बोर्डका अध्यक्ष डा.महाश्रम शर्मा लगायतका अधिकारीले छलफल गरेका थिए । छलफलपछि परीक्षा १० दिन पछि सार्न बोर्ड बाध्य भयो ।

बोर्डको हिजो बिहान मात्र बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको थियो तर बेलुका नै परीक्षा सार्न निर्णय सरकार निकायको फितलो अवस्था देखिएको टिप्पणी भइरहेको छ ।

बोर्डको कक्षा १२ को परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जिल्लास्थित इकाईहरू, स्थानीय तह, शिक्षक कर्मचारी लगायत परिचालन गरेर परीक्षा गरिने बताउनु भएको थियो । बिहान बैठक बसेर तोकिएकै मिति (वैशाख ११ गतेदेखि) गर्ने र त्यसका लागि सहयोग गर्न अनुरोध गरेको बोर्ड केही घण्टामै परीक्षाको मिति सार्न पुगेको हो ।

यसको पछिका थुप्रै कारण छन् । पहिलो कारण भनेको प्रधानमन्त्रीको परीक्षा सार्न अनुरोध, दोस्रो बोर्डको जसरी पनि परीक्षा गर्ने अडानपछि चौतर्फी विरोध, तेस्रो परीक्षा गरेको खण्डमा प्रतिवाद गर्ने शिक्षकहरुको चेतावनी ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप