युवालक्षित कार्यक्रमको माग

एआईको जमानामा अझै आधारभूत कम्प्युटर तालिम, सहभागी के भन्छन्‌ ?

कम्प्यूटरको अपरेटर कोर्ष समेत सिक्न नसक्ने युवा जमात

दमक, १०, बैशाख । अहिले कृतिम वौद्धिकता अर्थात ए आईको जमाना आइसकेको छ । तर, झापाको दमकमा भने अझैपनि कम्प्यूटरको अपरेटर कोर्ष समेत सिक्न नसक्ने यूवा जमात छ । यही कुरालाई मद्यनजर गर्दै दमकका बिभिन्न वडाहरुले बजेटनै छुट्याएर पहिलो चरणमा कम्प्यूटर तालीम सिकाएको छ । यसले प्राविधिक क्षेत्रको जनशक्ति उत्पादनमा मद्यत पुग्ने अपेक्षा गरिएको छ ।

दमक ८ का सागर न्यौपाने र दमक १० की गंगा बराईलीले अहिले सम्म कम्प्यूटर अपरेटरको तालीम लिन सक्नु भएको रहेनछ । त्यसैले उहाँहरुले आ आफ्‌नो वडाले निशुल्क कम्प्यूटर तालिम सिकाउने भन्ने सुचना गरेपछि सहभागी बन्नु भयो र अहिले तीन महिनामा कम्प्यूटरको अपरेटर कक्षा सिक्न पाउनु भयो । अझै यूवा लक्षीत कार्यक्रमको माग उहाँहरुले गर्नु भएको छ ।

छनौटबाट आएकाहरुले अरुलाई आउन रोकेर आएका हुन भन्दै प्रशिक्षण प्रदायक सस्थाका सञ्चालक राम पौडेलले भन्नु भयो यसको अधिकतम सदुपयोग गर्नुस । जीवनको कुनै कालखण्डमा कुनै कुरामा दुविधा भए निर्धक्क भएर जतिबेलै प्रश्न समेत गर्न सक्नु हुने छ । हामी सिकाउन जतिबेलै उपस्थित हुने छौ । ’

दमक नगरपालिका वडा नं ५, ८ र १० ले संयूक्त रुपमा आयोजना गरेको ३ महिने निशुल्क तालीमको सपमान कार्यक्रम बुधबार गरिएको छ । दमक ५ स्थित गोर्खाली टोलमा रहेको कान्तीपुर एजुकेशलन फाण्डेशनमा सञ्चालन भएको तालीममा बोल्दै दमक नगरपालिका वडा नं ५ का वडाध्यक्ष इन्द्र गुरुङ र वडा नं ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल दिपेशले वडाका यूवाहरुलाई सिपसग जोड्न विभिन्न कार्यक्रमहरु ल्याएको र त्यसलाई फलदाइ बनाएर सदुपयोग गर्न अनुरोध गर्नुभएको छ ।

 

तालीममा वडा नं ५ , ८ र १० बाट ३०–३० जना भन्दा बढि सहभागी रहेका थीए । सबैलाई बुधबार प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा