नेपाली साहित्य प्रवर्द्धन अभियान

त्रिवेणी साहित्य मञ्चको मासिक रचना वाचनको सातौं श्रृंखला

पेन्सलभेनिया, १० बैशाख  । अमेरिकाको पेन्सलभेनियास्थित मिडलटाउन सहरमा त्रिवेणी साहित्य मञ्चको आयोजनामा मासिक रचना वाचन शृङ्खला–७ अन्तर्गत एक भव्य साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

कविता, गजलसहित रचनाले उपस्थित साहित्यकार र दर्शकहरूले नेपाली भाषाको सृजनात्मकता र सौन्दर्यमा भरपूर रमाएको प्रतिक्रिया दिएका छन् । यस शृङ्खलामा करिब ३० वटा रचनाहरू वाचन गरिएको थियो।

स्वर्गीय डीआर. गौतमको सम्झना गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो । शिक्षण पेसामा चार दशक बिताएका गौतमको गत मार्च ३० मा ओहायो राज्यमा निधन भएको थियो । उहाँको स्मृतिमा मौनधारणसहित विशेष प्रस्तुति राखिएको थियो ।

विशेष अतिथिका रूपमा युवा वैज्ञानिक पूजा थापा उपस्थित हुनुहुन्थ्यो । थापाले वृद्ध अवस्थामा देखिने सामाजिक समस्याबारे अनुसन्धान गरिरहेको बताउँदै यस अभियानमा सामुदायिक सहयोगको आवश्यकता औंल्याउनु भयो ।

रचना वाचनको प्रक्रियामा यसपटक विशेष नविनता अपनाइएको थियो । मञ्चका सचिव नारद आचार्य ‘सुदामा’ले गोलाप्रथाबाट नाम छानेर रचनावाचनको व्यवस्था मिलाउनु भएको थियो । जसले कार्यक्रममा थप उत्साह ल्याएको थियो ।

कार्यक्रम त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशव बैरागी ‘माइलो’को अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा त्रिवेणी साहित्य मञ्च ल्यान्कास्टर शाखाका ओम घिमिरे, साहित्यकार गण्डकी पुत्र, मीरा अधिकारी, विष्णु लुइँटेल, प्रकाश नौबाग, बाल प्रतिभा दिव्य घिमिरे, दीपशिखा घिमिरे, देविका बराल, खडा भण्डारी, लेखक सोम भण्डारी, नव गायिका रानी खरेल लगायतका साहित्यकार तथा साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति थियो ।

करिब दुई घण्टा लामो कार्यक्रमको सञ्चालन सचिव नारद आचार्य ‘सुदामा’ले गर्नुभएको थियो । यो मासिक शृङ्खलाले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायबीच भाषा र साहित्यको सेतु निर्माणमा योगदान पुर्‍याइरहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका

मौसम सफा नहुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका दुवै उडानमा केही ढिला

काठमाण्डौ,११ कार्तिक। मौसम सफा नहुँदा हवाई उडान पनि प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रियतर्फका दुवै उडान केही