नेपाली साहित्य प्रवर्द्धन अभियान

त्रिवेणी साहित्य मञ्चको मासिक रचना वाचनको सातौं श्रृंखला

पेन्सलभेनिया, १० बैशाख  । अमेरिकाको पेन्सलभेनियास्थित मिडलटाउन सहरमा त्रिवेणी साहित्य मञ्चको आयोजनामा मासिक रचना वाचन शृङ्खला–७ अन्तर्गत एक भव्य साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

कविता, गजलसहित रचनाले उपस्थित साहित्यकार र दर्शकहरूले नेपाली भाषाको सृजनात्मकता र सौन्दर्यमा भरपूर रमाएको प्रतिक्रिया दिएका छन् । यस शृङ्खलामा करिब ३० वटा रचनाहरू वाचन गरिएको थियो।

स्वर्गीय डीआर. गौतमको सम्झना गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो । शिक्षण पेसामा चार दशक बिताएका गौतमको गत मार्च ३० मा ओहायो राज्यमा निधन भएको थियो । उहाँको स्मृतिमा मौनधारणसहित विशेष प्रस्तुति राखिएको थियो ।

विशेष अतिथिका रूपमा युवा वैज्ञानिक पूजा थापा उपस्थित हुनुहुन्थ्यो । थापाले वृद्ध अवस्थामा देखिने सामाजिक समस्याबारे अनुसन्धान गरिरहेको बताउँदै यस अभियानमा सामुदायिक सहयोगको आवश्यकता औंल्याउनु भयो ।

रचना वाचनको प्रक्रियामा यसपटक विशेष नविनता अपनाइएको थियो । मञ्चका सचिव नारद आचार्य ‘सुदामा’ले गोलाप्रथाबाट नाम छानेर रचनावाचनको व्यवस्था मिलाउनु भएको थियो । जसले कार्यक्रममा थप उत्साह ल्याएको थियो ।

कार्यक्रम त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशव बैरागी ‘माइलो’को अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा त्रिवेणी साहित्य मञ्च ल्यान्कास्टर शाखाका ओम घिमिरे, साहित्यकार गण्डकी पुत्र, मीरा अधिकारी, विष्णु लुइँटेल, प्रकाश नौबाग, बाल प्रतिभा दिव्य घिमिरे, दीपशिखा घिमिरे, देविका बराल, खडा भण्डारी, लेखक सोम भण्डारी, नव गायिका रानी खरेल लगायतका साहित्यकार तथा साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति थियो ।

करिब दुई घण्टा लामो कार्यक्रमको सञ्चालन सचिव नारद आचार्य ‘सुदामा’ले गर्नुभएको थियो । यो मासिक शृङ्खलाले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायबीच भाषा र साहित्यको सेतु निर्माणमा योगदान पुर्‍याइरहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा