लगानी सम्मेलनकाे तयारी पूरा

१० कराेडमाथिका ७१ वटा परियाेजना ‘सोकेसिङ’मा

लगानी सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारतलगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपाली तथा स्वदेशका प्रतिष्ठित उद्योगपतिहरू सहभागी हुने बताइएकाे छ ।

विराटनगर, १७ वैशाख  । विराटनगरमा विहीबार सुरू हुने लगानी सम्मेलनको तयारी पूरा भएको प्रदेश लगानी प्राधिकरणले जनाएकाे छ ।

कोशी प्रदेशको समृद्धि र विकासका लागि उपलब्धिमूलक हुने अपेक्षा गरिएको लगानी  सम्मेलनका लागि १० करोड माथिका ७१ वटा परियोजनाहरू ‘सोकेसिङ’को तयारी गरिएको प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले बताउनुभयाे ।  सम्मेलन आफैंमा महत्वपूर्ण भएको उहाँको भनाइ छ ।

काेइरालाका अनुसार परियोजनाहरुको कूल अनुमानित लागत करिब १ खर्ब ७३ अर्ब ४९ करोड रूपैयाँ रहेको छ ।

पर्यटन, कृषि, उद्योग, उर्जा, पुर्वाधार, आईटी सेवालगायतका क्षेत्रमा महत्वपूर्ण परियोजनाहरू तयार गरिएको कोइरालाको भनाइ छ । ती परियोजनाहरूलाई सफल बनाउनका लागि प्रदेश सरकारले  ८ वटा कानुन अध्यादेशमार्फत संशोधन गरिसकेकाे छ ।

कानुन संशोधनसँगै प्रदेशमा लगानी गर्दा आइपर्ने सम्पूर्ण झन्झटहरू अन्त्य हुने अपेक्षा गरिएको  छ ।  लगानी सम्मेलनमा आएका परियोजनाहरू कार्यान्वयनमा ल्याउन  प्रदेश सरकारले संघीय सरकारसँग पनि समन्वय गरेको छ।

सम्मेलनले कोशीका ११ वटा पहाडी जिल्लामा कोदोको रक्सी उद्योग स्थापनाका लागि लगानी जुटाउने लक्ष्य राखेको छ ।

विराटनगरमा मल्टिपर्पाेज कमर्सियल कम्प्लेक्स, फाइभ स्टार होटल, पब्लिक ट्रान्सपोर्ट प्रोजेक्ट, कोशी पोडवे पूर्वाधार निर्माण, विद्युतीय सवारी उद्योग, डाटा सेन्टर स्थापना, डिजिटल कोशीका लागि पूर्वाधार, बेतना सिमसार टुरिजम प्रोजेक्टलगायत योजना मोरङमा छन् ।

सुनसरीमा एग्रो प्रोसेसिङ उद्योग, बर्जुमा बर्जु ताल टुरिजम प्रोजेक्ट, रास ताल टुरिजम प्रोजेक्ट, वाटर पार्क निर्माण, कोशी रिफ्रेसमेन्ट सेन्टर र ग्रीन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्टलगायत परियोजना प्रस्तुत हुनेछ ।

उदयपुुरमा क्लिङ्कर प्रोजेक्ट, ग्रीन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट, झापामा बायो फर्टिलाइजर प्रोडक्सन एण्ड रिसर्च उद्योग, काँकडभिट्टा बसपार्क, मेचीनगरमा इन्टिग्रेटेड सोलिड वेस्ट मेनेजमेन्ट प्रोजेक्ट, इलाममा देउमाई कफी फार्म, डेरी प्रोडक्ड एण्ड प्रोसेसिङ उद्योग, कन्याम–श्रीअन्तु केबलकार, बुद्धपार्क चित्रे गुम्बा केबलकार, कन्याम मनोरेल प्रोजेक्टलगायत योजना छन् ।

धनकुटामा फ्रुट्स फार्मिङ प्रोसेसिङ उद्योग एग्रो टुरिजम, साँघुरीगढीमा किबी फार्मिङ प्रोसेसिङ उद्योग, एभोकाडो फार्मिङ प्रोसेसिङ उद्योग, भेडेटारमा मल्टिपर्पाेज कम्प्लेक्स, राजाताल टुरिजम प्रोजेक्टलगायत योजना छन् ।

सोलुखुम्बुमा मिनी हाइड्रो परियोजना, चिउरीखर्क नाम्चे रोपवे, चौंरीखर्च छेदिङमा केबलकार, खोटाङमा हलेसी केबलकार–पोडवे निर्माण गर्ने परियाेजना सम्मेलनमा प्रस्तुत हुने बताइएकाे छ ।

लगानी सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारतलगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपाली तथा स्वदेशका प्रतिष्ठित उद्योगपतिहरू सहभागी हुने डा. कोइरालाले बताउनुभएकाे छ  । उहाँका अनुसार लगानी सम्मेलनमा विभिन्न ६ वटा विषयगत छलफल सञ्चालन हुनेछन्।

कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसर तथा सम्भावना विषयक विषयगत छलफल हुने  छ । सम्मेलनको पहिलो दिन कोशी प्रदेशका हकमा लगानीमैत्री वातावरण र ३ तहका सरकारबीचको अन्तरसम्बन्धका विषयमा विज्ञ र जनप्रतिनिधिहरूबाट धारणा प्रस्तुत हुनेछ।

सम्मेलनलाई थप सार्थक बनाउन तथा नतिजामुखी अभ्यासका लागि लगानी सम्मेलनपूर्व ‘प्री मिट’ र सम्मेलनपछि आवधिक रूपमा ‘फलोअप मिटिङ’ गरी परियोजनाकर्तालाई परेका अपठ्यारा खुलाउँदै लैजाने नीति प्रदेश सरकारले लिएको छ। सम्मेलनकाे उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा  ओली विहीबार विराटनगर आउँदै हुनुहुन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ

बाढीपहिरोपछि बजार अनुगमन तीव्र, १० विशेष टोली परिचालन हुने

काठमान्डौ,१५ भदौ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति