कोशी प्रदेश ः सहकारी संस्थाको एउटै पदमा दुई कार्यकाल भन्दाबढी निर्वाचित हुन नपाउने

दमक, १८, बैशाख–  कोशी प्रदेश सरकारले अध्यादेश जारी गर्दै सहकारी संस्थाको एउटै पदमा दुई कार्यकाल भन्दाबढी निर्वाचित हुन नपाउने व्यवस्था गरेको छ । प्रदेश सरकारले अध्यादेशमार्फत प्रदेश सहकारी ऐन २०७६ संशोधन गर्दै पदाधिकारीमा दुई कार्यकालभन्दा बढी बस्न नमिल्ने व्यवस्था गरेको हो ।

गत २१ चैतमा राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड, २०८१ जारी गर्दै सञ्चालक पदमा दुई कार्यकाल भन्दा बढी बहाल हुन नपाउने उल्लेख गरेको थियो । प्रदेश सरकारले भने अध्यादेश जारी गर्दै पदाधिकारीमा मात्रै दुई कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था गरेको हो ।

प्रदेश सरकारले सहकारीमा १० लाखभन्दा माथि बचत गर्दा अनिवार्य स्रोत खुलाउनुपर्ने प्रावधान राखेको छ । राष्ट्र बैंकले पनि निर्देशिन जारी गर्दै १० लाखभन्दा माथि स्रोत खुलाउनु पर्ने उल्लेख गरेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ

बाढीपहिरोपछि बजार अनुगमन तीव्र, १० विशेष टोली परिचालन हुने

काठमान्डौ,१५ भदौ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति