दमक खेलकुद महोत्सव

आजबाट क्रिकेट प्रतियोगिता हुँदै

दमक, २४ बैशाख / दमक नगरपालिका खेलकुद विकास समितिको आयोजनाको खेलकुद महोत्सव अन्तर्गत आजबाट क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ ।

 

दमक २ स्थित बेलडाँगी खेलमैदानमा हुने प्रतियोगिताको पहिलो खेल वडा नम्बर १ र ९ बीच हुने छ भने दोस्रो खेल ७ र १० बीच हुने आयोजक क्रिकेट खेलका संयोजक अभिष खनालले जानकारी दिनुभयो ।

 

भोलि वडा नम्बर ४ र ६ बीच साथै सोही दिनको दोस्रो खेल वडा नम्बर ८ र ९ बीच हुने छ । प्रतियोगिताको फाइनल खेल बैशाख २९ गते हुने छ ।

 

महोत्सवको औपचारिक उद्धघाटन भने बैशाख २७ गते गर्ने कार्यक्रम राखिएको छ ।
यसमा विभिन्न ७ वटा विधाका खेलबीच प्रतिपर्धा हुने छ । महोत्सवमा दमक नगर भित्रका १० वटै वडाबाट सवै विधाका खेलाडीहरुले सहभागिता जनाउने छन् ।

 

 

दमकमा सबै खेलका खेलाडीहरुको टिम तयार गर्न यसखाले महोत्सवको आयोजना गरिएको महोत्सव संयोजक तारा अधिकारीले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर