खुल्याे दमक नगरपालिकाकाे ताला

जेठ १३ सम्ममा गडमदर नहटे विद्यालय नै बन्द गरिने

दमक, २४ बैशाख । जेठ १३ गतेसम्ममा दमक ८ मा रहेको सरस्वती माविको जग्गामा रहेको ‘गड मदर एकेडेमी टेक्नोलोजी विद्यालय’ ले पठनपाठन कार्य स्थानान्तरण नगरे नगरपालिका कार्यालयले नै हटाउने निर्णय भएको छ ।

बुधबार दमक नगर प्रमुख रामकुमार थापाको संयोजकत्वमा बसेको सम्बन्धित दुई विद्यालयसहितका सरोकारवालाहरुको बैठकले त्यस्तो निर्णय गरेको हो । गडमदरका संरचनाहरु भनें साउन मसान्तभित्र हटाइसक्नुपर्ने समेत निर्णयमा पुगेको छ । गड मदरको भाइस प्रिन्सिपल वर्षा निङलेखुको उपस्थितिमा भएको सहमतिमा सो कुरा उल्लेख गरिएको छ । सो सहमतिपछि सरस्वती माविले दमक नगरपालिका कार्यालयमा लगाइएको ताला खुलेको छ ।

 


५ वर्षका लागि अस्थाई संरचना बनाएर विद्यालय सञ्चालन गर्न दिएको अवस्थामा १३ वर्ष वित्दा पनि आफ्‌नो जग्गा खाली नगरिएको भन्दै मंगलबार सरस्वती मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेवतराज पुरी गगनको अगुवाईमा नगरपालिका कार्यालयमा तालाबन्दी गरिएको थियो । दमक ९ स्थित सरस्वती माद्यमिक विद्यालयको वडा नम्बर ८ को किरात चोक दक्षिणमा रहेको जग्गाबाट ‘गड मदर एकेडेमी टेक्नोलोजी विद्यालय’ लाई नगरपालिका कार्यालयले हटाउन नसकेको भन्दै तालाबन्दी गरिएको उल्लेख थियो ।

व्यवस्थापन समितिका अध्यक्ष पुरीले नगरपालिका कार्यालयमा ७ दिनको समय दिएको भएपनि २० दिन वितिसक्दा पनि जग्गा खाली गराउन नगरपालिका सक्षम नभएको भन्दै तालाबन्दी गर्नुपरेको कारण उल्लेख गर्नुभएको थियो  ।

जग्गा खाली गराउन विद्यालय व्यवस्थापन समितिले ज्ञापनपत्र दिएपछि सोही दिन बैशाख ३ गते नगरपालिका कार्यालयले सार्वजनिक सूचना जारी गरेको थियो ।

नगर प्रमुख थापाले एक प्रेस विज्ञप्ति जारी गरी अवको शैक्षिक शत्रमा नयाँ भर्ना नलिइ जग्गा खाली गर्न निर्देशनात्मक जानकारी गराउनु भएको थियो । सो सम्बन्धमा दमक नगर कार्यपालिकाको ०८१ भदौ ७ गतेको निर्णय भएको र अटेर गरिरहेको अवस्थामा गत चैत २६ गते गडमदरलाई विद्यालय खाली गर्न पत्राचार गरिएको विज्ञप्तिमा जनाइएको थियो ।

२०६८ सालमा सरस्वती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बस्नेत र प्रधानाध्यापक दीलिप श्रेष्ठको पालामा तात्कालिन दमक १३ निवासी भोला ओझालाई त्यहाँ बाल कक्षासम्मको निजी विद्यालय सञ्चालन गर्न र संरचना बनाउँदा अस्थाई बनाउने सर्त सहित सम्झौता गरिएको थियो ।

सम्झौतामा प्रति कट्ठा एक हजार ५० रुपैँया रकम लिने भन्दै गड मदरलाई ५ कट्ठा जमिन प्रयोग गर्न दिने उल्लेख भएको देखिन्छ । तर सो सम्झौताको अवधि सकिएकै ८ वर्ष बितिसकेकोले त्यहाँदेखि यता न भाडा प्राप्त भएको छ न जग्गा नै । त्यो बेला सम्झौता गरिएका गड मदरका सञ्चालक ओझाको निधन भइसकेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच