दमक खेलकुद महोत्सव

क्रिकेट प्रतियोगितामा वडा नम्बर ९ बिजयी  

दमक । २४ बैशाख — दमक नगरपालिका खेलकुद विकास समितीले आयोजना गरेको खेलकुद महोत्सव अन्तर्गत क्रिकेट प्रतियोगीता आजबाट सुरु भएको छ । दमक २ स्थित बेलडाँगी खेलमैदानमा सुरु प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा वडा नम्बर ९ बिजयी भएको छ ।
वडा नम्बर ९ र वडा नम्बर १ बिच आज भएको खेलमा वडा नम्बर ९ बिजयी भएको हो । टस जितेर बलिङ रोजेको वडा नम्बर १ लाई ब्याटिङको निम्तो पाएको वडा नम्बर ९ ले ४४२ रनको बिजयी लक्ष्य पेस गरेको थियो । जबाफी ब्याटिङमा उत्रिएको वडा नम्बर १ , २६ रनमा अलआउट भएको क्रिकेट प्रतियोगिताका संयोजक अभिष खनालले जानकारी दिनुभयो ।
महोत्सवको औपचारिक उद्धघाटन भने २७ गते हुने छ । यसमा विभिन्न ७ वटा विधाका खेलहरुमा प्रतिपर्धा हुने छ । महोत्सवमा दमक नगर भित्रका १० वटै वडाबाट सवै विधाका खेलाडीहरुले सहभागिता जनाउने छन् ।
दमकमा सबै खेलका खेलाडीहरुको टिम तयार गर्न यसखाले महोत्सवको आयोजना गरिएको महोत्सव संयोजक तारा अधिकारीले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको