कमल ७ पूर्ण खोप सुनिश्चित वडा घोषणा

दमक, २४ बैशाख / झापाको कमल गाउँपालिका वडा नम्बर ७ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन वडा घोषणा गरिएको छ ।

 

स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन वडा घोषणा गरिएको हो ।

 

पूर्ण खोप भन्नाले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनु पर्ने सबै खोपहरु, सबै बालबालिकाहरुले पूर्ण रुपमा लिएको एवम् पछि तालिकामा अन्य खोपहरु थप भएमा सो समेत लिएको अवस्थालाई बुझाउँछ । हरेक बालबालिका जन्मेपछि स्वस्थ भएर बांँच्न खोप सेवा प्राप्त गर्नु संविधानतः नैसर्गिक अधिकार हो । सोही अनुरुप कमल ७ ले पनि महिला स्वास्थ्य स्वयसेबिकालाई घर घरमा पठाएर तथ्याङ्क संकलन गरि खोप लगाइएको कमल ७ की महिला स्वास्थ्य स्वयमसेविका बिष्णुकुमारी श्रेष्ठ बताउनुहुन्छ ।

 

वडामा जन्मेदेखि १५ महिना भित्रका बालबालिकाले यो वर्ष पाउनु पर्ने सवै खोप प्राप्त गरेको आधारभूत स्वास्थ्य चौकी स्वास्थ्य सेवा केन्द्र कमल ७ का प्रमुख अमृत सुब्बाले बताउनुभयो । उहाँले प्रत्येक घर घरमा पुगेर तथ्याङ्क संकलन गरि ७ नम्बर वडामा खोप लगाउनुे सबै बालबालिकालाई पूर्ण रुपमा खोप लगाएको जानकारी दिनुभयो ।

 

सम्पूर्णले तदारुकता देखाएकै कारण वडा नम्बर ७ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन वडा घोषणा गर्न सफल भएकोमा कार्यपालिका सदस्य मनमाया सिटौलाले खुसी ब्यक्त गर्नुभयो ।

 

वडाध्यक्ष पृथ्वीपति राईका अनुसार पछिल्लो समयमा वडाले स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारिरहेको छ । बिगतमा स्वास्थ्य सेवा लिन निक्कै सकस पर्नेमात्रै होइन, पालिका भन्दा बाहिर जानुपर्ने स्थितिको समेत अहिले आएर अन्त्य भएको उहाँ बताउनुहुन्छ ।

 

वडाबाट सुरु भएको यो अभियानले पालिकालाईनै पूर्ण खोप सुनिश्चितता तथा दिगोपन वडा घोषणा गर्न मद्धत पुग्ने अपेक्षा गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर