नेपाली सांस्कृतिक एकताको अभियानमा आइएनएलए

‘मेरो भ्वाइस् युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स–२’ लाई समर्थन

यो अभियानप्रति संघले आफ्नो नैतिक समर्थनका साथै भविष्यमा सहकार्यको प्रतिवद्धता पनि जनाएको छ ।

अमेरिका, २४ बैशाख / नेपाली भाषा, कला र संस्कृति विश्वभर फैलिनु नेपाली समुदायका लागि पहिचानको स्रोत बनेको छ । यिनै मूल्यहरूलाई प्रवद्र्धन गर्न इन्ट्रा नेशनल वेयफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले सुरु गरेका दुई अन्तर्राष्ट्रिय स्तरका रियालिटी शो—‘मेरो भ्वाइस् युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स–२’ ले नेपाली स्रष्टाहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्य लिएको छ ।

 

 

यस महान अभियानप्रति अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (आइएनएलए) ले खुलेर समर्थन जनाउँदै एक प्रेस विज्ञप्ति जारी गरेको छ । सो विज्ञप्तिमा यी कार्यक्रमहरू नेपाली भाषिक र सांस्कृतिक एकताको सूत्र बन्ने विश्वास व्यक्त गरिएको छ ।

 

 

आइएनएलएको विज्ञप्ति अनुसार, यी कार्यक्रमहरूले विश्वभर छरिएर रहेका नेपाली गीत, संगीत, भाषा र साहित्यका सर्जकहरूलाई जोड्न सफल हुने विश्वास गरिएको छ । यसले नेपाली कलालाई विश्वव्यापी रूपमा चिनाउन सहयोग पुर्‍याउनेछ । नेपाली स्रष्टाहरूको मौलिकता र सिर्जनशीलतालाई विश्व मञ्चमा प्रस्तुत गर्ने यो अभियानप्रति संघले आफ्नो नैतिक समर्थनका साथै भविष्यमा सहकार्यको प्रतिवद्धता पनि जनाएको छ ।

 

आइएनएलएले विगतदेखि नै नेपाली भाषा, साहित्य र संगीतको प्रवद्र्धनमा भूमिका खेल्दै आएको छ। सोही परम्परा अनुरूप संघले यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा ऐक्यबद्धता जनाउँदै आफू सधैं सँगै रहने उल्लेख गरेको छ ।

 

 

प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, ‘मेरो भ्वईस् युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स २’ को उद्देश्य केवल मनोरञ्जन मात्र नभई, नेपाली संस्कृति, भाषा र कलाको सम्मानसहित विश्वव्यापी पहुँच विस्तार गर्नु हो । यस किसिमका कार्यक्रमले नेपाली सन्तानमा भाषा र संस्कृतिप्रति गर्वको भावना जागृत गर्नेछन् ।

 

 

आइएनएलएका अध्यक्ष हरि उप्रेती, उपाध्यक्ष शेखर ढुंगेल र महासचिव रन खड्काले हस्ताक्षर गरेको विज्ञप्तिमा, फाउण्डेशनलाई कार्यक्रमको आयोजनाको लागि हार्दिक बधाई दिँदै सफलताको शुभकामना पनि व्यक्त गरिएको छ ।

 

 

नेपाली सांस्कृतिक धरोहरलाई प्रवद्र्धन गर्ने दिशामा उन्मुख यी दुई रियालिटी शोहरू नेपाली स्रष्टा, भाषा र समाजलाई अझ सशक्त बनाउनेतर्फ एक ऐतिहासिक पाइला सावित हुने आइएनएलएको बुझाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका

मौसम सफा नहुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका दुवै उडानमा केही ढिला

काठमाण्डौ,११ कार्तिक। मौसम सफा नहुँदा हवाई उडान पनि प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रियतर्फका दुवै उडान केही