नेपाली सांस्कृतिक एकताको अभियानमा आइएनएलए

‘मेरो भ्वाइस् युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स–२’ लाई समर्थन

यो अभियानप्रति संघले आफ्नो नैतिक समर्थनका साथै भविष्यमा सहकार्यको प्रतिवद्धता पनि जनाएको छ ।

अमेरिका, २४ बैशाख / नेपाली भाषा, कला र संस्कृति विश्वभर फैलिनु नेपाली समुदायका लागि पहिचानको स्रोत बनेको छ । यिनै मूल्यहरूलाई प्रवद्र्धन गर्न इन्ट्रा नेशनल वेयफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले सुरु गरेका दुई अन्तर्राष्ट्रिय स्तरका रियालिटी शो—‘मेरो भ्वाइस् युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स–२’ ले नेपाली स्रष्टाहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्य लिएको छ ।

 

 

यस महान अभियानप्रति अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (आइएनएलए) ले खुलेर समर्थन जनाउँदै एक प्रेस विज्ञप्ति जारी गरेको छ । सो विज्ञप्तिमा यी कार्यक्रमहरू नेपाली भाषिक र सांस्कृतिक एकताको सूत्र बन्ने विश्वास व्यक्त गरिएको छ ।

 

 

आइएनएलएको विज्ञप्ति अनुसार, यी कार्यक्रमहरूले विश्वभर छरिएर रहेका नेपाली गीत, संगीत, भाषा र साहित्यका सर्जकहरूलाई जोड्न सफल हुने विश्वास गरिएको छ । यसले नेपाली कलालाई विश्वव्यापी रूपमा चिनाउन सहयोग पुर्‍याउनेछ । नेपाली स्रष्टाहरूको मौलिकता र सिर्जनशीलतालाई विश्व मञ्चमा प्रस्तुत गर्ने यो अभियानप्रति संघले आफ्नो नैतिक समर्थनका साथै भविष्यमा सहकार्यको प्रतिवद्धता पनि जनाएको छ ।

 

आइएनएलएले विगतदेखि नै नेपाली भाषा, साहित्य र संगीतको प्रवद्र्धनमा भूमिका खेल्दै आएको छ। सोही परम्परा अनुरूप संघले यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा ऐक्यबद्धता जनाउँदै आफू सधैं सँगै रहने उल्लेख गरेको छ ।

 

 

प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, ‘मेरो भ्वईस् युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स २’ को उद्देश्य केवल मनोरञ्जन मात्र नभई, नेपाली संस्कृति, भाषा र कलाको सम्मानसहित विश्वव्यापी पहुँच विस्तार गर्नु हो । यस किसिमका कार्यक्रमले नेपाली सन्तानमा भाषा र संस्कृतिप्रति गर्वको भावना जागृत गर्नेछन् ।

 

 

आइएनएलएका अध्यक्ष हरि उप्रेती, उपाध्यक्ष शेखर ढुंगेल र महासचिव रन खड्काले हस्ताक्षर गरेको विज्ञप्तिमा, फाउण्डेशनलाई कार्यक्रमको आयोजनाको लागि हार्दिक बधाई दिँदै सफलताको शुभकामना पनि व्यक्त गरिएको छ ।

 

 

नेपाली सांस्कृतिक धरोहरलाई प्रवद्र्धन गर्ने दिशामा उन्मुख यी दुई रियालिटी शोहरू नेपाली स्रष्टा, भाषा र समाजलाई अझ सशक्त बनाउनेतर्फ एक ऐतिहासिक पाइला सावित हुने आइएनएलएको बुझाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,