पथरी शनिश्चरे नगर खेलकुद महोत्सव

आजको खेल देवीगञ्ज र पुलचोकबीच हुने

पथरी, २५ बैशाख / दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोसत्व–२०८२ अन्तर्गत नगर स्तरीय अन्तर क्लब फुटबल प्रतियोगिताको आज देवीगञ्ज एफसी र पुलचोक एफसीबीच हुने भएको छ ।

 

हिजोको खेलमा प्रभात सामुदायिक एफसीले निक्कै दर्विलो टिम सिरिजंगा एफसीलाई टाइब्रेकरमा पराजित गरेको थियो । पहिलो हाफको १३ औं मिनेटमा प्रभातका हर्षित कार्कीले सिरिजंगाको गोलरक्षकको गल्तिको फाइदा उठाउँदै गोल गर्नुभएको थियो । यस्तै, पहिलो हाफको अतिरिक्त समयमा सिरिजंगाले पाएको पेनाल्टीलाई जुनियर साँवाले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याउने अवसर मिल्यो । त्यसपश्चात् खेल टाइब्रेकरमा धकेलिएको थियो ।

 

टाइब्रेकरमा प्रभात एफसीले सिरीजंगालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । खेलको म्यान अफ द म्याच सिरिजंगाका विशाल चौधरी घोषित बन्नुभयो । चौधरीलाई नगरका लेखा शाखा प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत पीताम्बर वस्तीले नगद २ हजार रूपैयाँ सहित मेडल तथा ट्रफी प्रदान गर्नुभएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर