पथरी शनिश्चरे नगर खेलकुद महोत्सव

आजको खेल देवीगञ्ज र पुलचोकबीच हुने

पथरी, २५ बैशाख / दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोसत्व–२०८२ अन्तर्गत नगर स्तरीय अन्तर क्लब फुटबल प्रतियोगिताको आज देवीगञ्ज एफसी र पुलचोक एफसीबीच हुने भएको छ ।

 

हिजोको खेलमा प्रभात सामुदायिक एफसीले निक्कै दर्विलो टिम सिरिजंगा एफसीलाई टाइब्रेकरमा पराजित गरेको थियो । पहिलो हाफको १३ औं मिनेटमा प्रभातका हर्षित कार्कीले सिरिजंगाको गोलरक्षकको गल्तिको फाइदा उठाउँदै गोल गर्नुभएको थियो । यस्तै, पहिलो हाफको अतिरिक्त समयमा सिरिजंगाले पाएको पेनाल्टीलाई जुनियर साँवाले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याउने अवसर मिल्यो । त्यसपश्चात् खेल टाइब्रेकरमा धकेलिएको थियो ।

 

टाइब्रेकरमा प्रभात एफसीले सिरीजंगालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । खेलको म्यान अफ द म्याच सिरिजंगाका विशाल चौधरी घोषित बन्नुभयो । चौधरीलाई नगरका लेखा शाखा प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत पीताम्बर वस्तीले नगद २ हजार रूपैयाँ सहित मेडल तथा ट्रफी प्रदान गर्नुभएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको