कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका–२०८२

कोशीका वर्कसप र ग्यारेजलाई कानुनी दायरामा ल्याइने

विराटनगर, २५ बैशाख / कोशी प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले वर्कसप र ग्यारेजलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको छ ।

 

बैठकले ‘कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका–२०८२’ स्वीकृत गर्दै अबदेखि प्रदेशभित्र सञ्चालन हुने सबै वर्कसप र ग्यारेजलाई कानुनी दायरामा ल्याउने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जनाउनु भयो ।

 

वर्कसपहरूले अब यातायात व्यवस्था कार्यालयबाट अनुमति अनिवार्य रूपमा लिनुपर्नेछ भने कारखानाहरूले सम्बन्धित मन्त्रालयबाट स्वीकृति प्राप्त गरेपछि मात्र सञ्चालन गर्न पाउने कानुनी प्रवाधान बनाइएको छ । यस निर्देशिका लागू भएसँगै प्रदेश सरकारले अनुगमन प्रक्रिया पनि तीव्र पार्ने जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर