लेख

प्रकाश दिवस : आहा आहा भो जीवन आहा आहा भो

ध्यानले मनोबिकार हटाउने, तनाव घटाउने र शान्त रहन प्रेरित गर्ने भएकोले मानसिक शान्तिका लागि योग र प्रणायामसँग ध्यान जोडिएको ।

योगाभ्यास प्रयोगशालाको आरम्भ गरेको झण्डै १ वर्ष हुन लाग्यो– यसको प्रभावस्वरुप रोग, रोगका कारण उब्जने शोक र तनावमुक्त जीवन बाँच्न चाहनेका लागि पथरी शनिश्चरको जनजीवन एकाएक बदलियो– पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतको बुझाइ पछिल्ला दिनहरूमा यसरी विकास भएको छ । पूर्वीय दर्शननिर्देशित अध्यात्मभित्र समुन्नत र व्यवहारसम्मत् जीवन खोज्नुहुने र जीवन विज्ञानसम्बन्धी अवधारणा निर्माण र विकास गर्नुहुने यसका प्रणेता आचार्य गुरु भानुप्रतापले ज्ञानार्जन गर्नुभएको दिन विशेषलाई उर्जाध्यान शिविर प्रयोगशाला पथरीमा भव्यतापूर्वक मनाइने क्रममा अध्यक्ष बस्नेतले यस्तो भन्नुभएको हो ।

भानु गुरु र जीवन दर्शन
श्रद्धेय भानु गुरुदेवले ज्ञान प्राप्त गर्नुभएको दिनलाई प्रकाश दिवसको रूपमा जीवन विज्ञानले मान्दै र मनाउँदै आयो । वैशाख महिनाको २४ गते जीवन विज्ञानको अविश्रान्त अभियानमा आफैंमा यसले ठूलो र महत्त्वपूर्ण अर्थ राख्छ । ब्रम्हाण्डको साझा भाषा परस्पर प्रेम हो । प्रेम नै मानिसको स्वतन्त्रता, मुक्ति र मोक्ष हो । यस निमित्त यहाँ पाइने सबै ज्ञान, सबै विज्ञान, सबै प्रेम, सबै धर्म–सम्प्रदाय, सबै पुस्तक र पुस्तकालय, सबै साहित्य, सबै गीत–संगीत र शेष सबैलाई विषयलाई एउटै हृदयमा अटाउन सकिन्छ । त्यसपछि पनि हृदयमा उत्तिकै खाली ठाउँ रहन्छ । हृदयको यो गहिराइ समेट्न र सम्हाल्न सक्नुपर्छ । सबै कुरा सम्भव छ । मानव जीवन आफैंमा सम्भावना नै सम्भावनाको सुन्दर यात्रा हो । प्रत्येक दिनको बिहानीले नयाँ नयाँ ज्ञान, सोच र प्रेरणा लिएर आएको हुन्छ । यसलाई संगठित उर्जाको रूपमा ग्रहण गर्नमात्र सक्नुपर्दछ भन्ने मान्यताबाट उत्प्रेरित, अभिप्रेरित र निर्देशित गुरु भानुप्रताप जीवन विज्ञानको सर्जक हुनुहुन्छ ।

 

प्रशिक्षक दम्पत्ति र दिनचर्या
गुँड पस्नुअघि हामीलाई कर्णप्रिय लाग्ने चीरबिर चीरबिर आवाजसँगै पंक्षीले रात्रिकालीन विश्राम लिए झैँ योग, प्रणायम र ध्यानसँग जोडिएको कल्याणमित्र समयमै आफ्‌नो घर पस्छ, परस्परमा प्रगाढ प्रेमभाव पस्कँदै परिवारसँग बस्छ, घरमा बनेको सादासादगी भोजन ग्रहण गर्छ, समयमै ओछ्यान लाग्छ, मिठो निन्द्रामा विश्राम लिन्छ र ब्रम्हमूहुर्तकालीन बिहानको कलिलो समयमै उठेर योग, प्रणायम र ध्यानसँग जोडिन फेरि यहाँ आइपुग्छ, आफ्‌नो पनि दिनचर्या यसरी नै यस्तैमा बित्ने गरेको छ– बडा हर्षित र आनन्दित मुद्रामा योग शिविरका प्रशिक्षकद्वय राधा र मदन गुरागाइँ दम्पत्ति श्रद्धेय भानु गुरुप्रति अगाध श्रद्धाअर्पण गर्दै असाधारण हँसिलो मुहारसहित सयौँ साधक साधिकामाझ पोखिनुहुन्छ ।

 

प्रशिक्षार्थी र शिविर क्षेत्र विस्तार
पथरी उद्योग वाणिज्य संघको अगुवाइमा आरम्भ भएको जीवन विज्ञान उर्जाध्यान शिविर सञ्चालनकै क्रममा पथरी शनिश्चरे नगरपालिकाभित्र ६ स्थानमा शिविर क्षेत्र विस्तार भएको छ । यो एक वर्षको दौडानमा डम्बरुवल्लभ गुरागाइँ, मदन गुरागाइँ, राधा गुरागाइँ, छविलाल घिमिरे, गोमा दाहाल निरौला, जानुका दाहाल आचार्यसहितको पंक्तिले प्रशिक्षण प्रशिक्षककै रूपमा आफूलाई विकास गर्नुभएको छ, स्थानीय समुदायमाझ उम्दा प्रशिक्षकका रूपमा आफूलाई उभ्याउनुभएको छ । दैनिक सयौँ साधक साधिकाले यो पंक्तिनिर्देशित योग अभ्यासलाई अनुसरण गर्नुभएको छ, भर र विश्वास गर्नुभएको छ । उहाँहरू सँगसँगै रहेर योग्यता मापनसहित क्रियाशील योग–विद्यार्थी रवीन अधिकारीले विभिन्न शिविरमा समय दिने गर्नुभएको छ ।
स्थानीय अगुवा रीना श्रेष्ठ र कमलनिधि घिमिरेको संयोजनमा वडा नं. २ स्थित श्री लक्ष्मीनारायण मन्दिर परिसरमा, सोम पौडेल, भला रेग्मी, राधिका दाहाल गौतमको संयोजनमा वडा नं.३ स्थित पिपलचौकमा, सन्तोष बस्नेतको कुशल संयोजनमा वडा नं. ७ स्थित कीर्तिपुर बजारमा, हेमन्त ओझा र देवीमाया लुइँटेलको संयोजनमा वडा नं. ३ वीरेन्द्रनगरस्थित श्री जनता मावि परिसर र वडाध्यक्ष नवीन कार्कीकै अगुवाइ र भरतबहादुर खड्का, प्रकाशबहादुर कार्की र पुष्प पौडेलको संयोजनमा वडा नं. ८ स्थित सोमबारेमा दैनिक योग उर्जाध्यान शिविर सञ्चालन हुने गरेको छ । यसरी विभिन्न ठाउँमा दैनिक योग, योग प्रयोगशाला र उर्जाध्यान शिविर चल्नुले पथरी शनिश्चरे नगरपालिकाको परिचयमा अर्को एउटा गत्तिलो इटा थपिएको विश्वास साधिका दुर्गा दंगाल सुवेदीको छ ।

 

योगसम्बन्धी अनुभूति र अभिव्यक्ति
योग, प्रणायाम आफैंमा श्वास नियन्त्रण, अभ्यासमा सन्तुलन आचरण विकास र ध्यानले शरीरलाई काबुमा ल्याउन र मन र चित्तलाई जोड्न मद्दत गर्छ । दैनिक यी अभ्यासहरूले शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यमा प्रत्यक्ष फाइदा पुग्छ । आजको विद्यार्थी र युवामाझ यसलाई अनिवार्य प्रयोगमा ल्याउनुपर्छ । एकाग्रचित्तले पढाइप्रति लगाव बढ्ने र अनुशासित रहन प्रेरित गर्ने भएकोले विद्यार्थीका लागि यो बढ्ता लाभदायक छ कीर्तिपुर योग शिविर सञ्चालनको संयोजन गर्नुहुने गुरु सन्तोष बस्नेतको बुझाइ रहँदै आएको छ ।

 

नियमित योग अभ्यासले शक्ति बढाउने र शक्ति सन्तुलनमा सुधार ल्याउछ । मानसिक बिकारमुक्त जीवन प्राप्त हुन्छ । शारीरिक दुर्बलता हटाउने मात्र होइन, लचिलोपन बढाउने र मांसपेशी र जोर्नीहरू लचिलो बनाउने कारण मानिस फुर्ति हुन्छ, खिरिलो देखिन्छ श्री सिद्धेश्वर मन्दिर परिसरमा हुने योग अभ्यासमा दैनिकजसो आउनुहुने वडा नं. १० निवासी विष्णुमाया राई बताउनुहुन्छ । उमेरले ५६ भए पनि तन्नेरी झैँ देखिनुहुने राईको स्वास्थ्य अवस्था सुधारमा योग नै रामवाण ओखती रहेको उहाँको विश्वास छ ।
योग, प्रणायाम र ध्यानमा जानुपूर्व जीवन विज्ञानद्वारा तयार पारिएका आहा आहा भो जीवन आहा आहा भो जस्ता कालजयी गीत–संगीतमा छमछमी नाच्दै गर्दा पसिना नै छुट्छ । तथापि, यसक्रममा मुटुको धड्कन र रगतको बहावमा सुधार आउने भएकोले रक्तचाप नियन्त्रित रहने विश्वास साधक राजु काफ्‌ले र पुण्यप्रसाद नेपालको छ ।

 

शारीरिक तन्दुरुस्ती कायम गर्नु भनेको रक्तसञ्चारको प्रवाहलाई नियन्त्रित र गतिशील तुल्याउनु हो, पाचन प्रणालीमा सुधार गर्नु हो, पेटको कार्यक्षमता बढाउनु हो, शरीरलाई रोगरहित बनाउनु हो– यो सबै चीज योग र प्रणायाममा पाइने भएकोले ढुक्कसँग योग, प्रणायाम र ध्यानलाई दिनआरम्भको पहिलो कामको साथी बनाउन प्रशिक्षकद्वय गोमा दाहाल निरौला र जानुका दाहाल आचार्य आफ्‌नो अनुभवले परिस्कृत राय सुझाउनुहुन्छ । ध्यानले मनोबिकार हटाउने, तनाव घटाउने र शान्त रहन प्रेरित गर्ने भएकोले मानसिक शान्तिका लागि योग र प्रणायामसँग ध्यान जोडिएको उहाँहरूको बुझाइ छ ।

 

गुम्दो स्मरणशक्ति बढाउन, रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउन, परस्पर प्रेमभाव र सकारात्मक सोच विकास गर्न र क्रमशः यथास्थितिमा रहेको हाम्रो जीवनशैलीलाई फरक ढंगले व्यवस्थापन गर्न योगलाई दिनचर्या बनाउनुपर्ने विभिन्न शिविरमा अभ्यस्त रहँदै आउनुभएका साधक साधिकाको बुझाइ छ । प्रकाश दिवसको अवसरमा सम्बद्ध सबैलाई बधाई तथा शुभकामना ।
(लेखक बास्कोटा पथरी शनिश्चरेका सामाजिक अभियन्ता हुनुहुन्छ ।)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,