जादुगरलाई पक्राउ

नक्कली नोटको बिगबिगी,करिब २ करोड रुपैयाँबराबरका नक्कली नोट

 

 

 

झापा  नेपाली बजारमा नक्कली नोटका कारोबारी धेरै भएको प्रहरीको अनुमान छ । नेपाल प्रहरीले २०७५ चैत ४ गते नक्कली नोट कारोबार गरेको आरोपमा जादुगरलाई पक्राउ गरेको थियो ।

प्रहरीले सोही सालको जेठ २ गते दुई करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित काठमाडौंबाट ६ जना, असोज २३ गते काठमाडौंको रत्नपार्कबाट ५ हजार रुपैयाँबराबरको नक्कली नोटसहित १ जना, असोज २६ गते रत्नपार्कबाट १० हजार रुपैयाँ बराबरको नक्कली नोटसहित १ जना, कात्तिक ४ गते काठमाडौंका विभिन्न स्थानबाट ३ लाख ७० हजार बराबरको नक्कली रुपैयाँसहित ५ जना र माघ २६ गते काठमाडौंको गोगंबुबाट १ लाख ५० हजारसहित १ जना पक्राउ परेका थिए ।

मुलुकका साना ठूला बजार र सीमा क्षेत्रमा नक्कली नोटको बिगबिगी भएको भन्दै प्रहरीले सर्च अप्रेसन चलाइरहेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धानअन्तरगतका विभिन्न युनिटले नक्कली नोटको कारोबारी गिरोहको खोजी गरिरहेका छन् । सुरक्षा स्रोतका अनुसार अहिले नेपाल भारत सीमा क्षेत्रका बजार र मुख्य सहरमा करिब २ करोड रुपैयाँबराबरका नक्कली नोट छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।