दमक खेलकुद महोत्सव

क्रिकेटका तीन खेल सम्पन्न, ५,६ र ७ नम्बर वडा विजयी

फुटबल प्रतियोगिता पनि सुरु

दमक, २५ बैशाख / दमक नगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको खेलकुद महोत्सव अन्तर्गत क्रिकेट प्रतियोगितामा आज तिनवटा खेलहरु सम्पन्न भएका छन् ।

 

ती खेलहरुमा वडा नम्बर ६, वडा नम्बर ७ र वडा नम्बर ५ विजयी भएका छन् । वडा नम्बर ६ ले वडा नम्बर ४ लाई १ सय ४७ रनले पराजित गर्यो भने वडा नम्बर ७ ले वडा नम्बर १० लाई ६ विकेटले पराजित गरेको हो । यस्तै, आजै सम्पन्न अन्तिम खेलमा वडा नम्बर ५ ले वडा नम्बर २ लाई २ सय रनले पराजित गरेको क्रिकेट प्रतियोगिताका संयोजक अभिष खनालले जानकारी दिनुभयो ।

 

 

यस्तै, महोत्सव अन्तर्गत आज फुटबल खेल पनि सुरु भएको छ । महोत्सवको औपचारिक उद्धघाटन भने २७ गते हुने छ । यसमा विभिन्न ७ वटा विधाका खेलमा प्रतिष्पर्धा हुने छ । महोत्सवमा दमक नगर भित्रका १० वटै वडाबाट सबै विधाका खेलाडीहरुले सहभागिता जनाउने छन् । दमकमा सबै खेलका खेलाडीहरुको टिम तयार गर्न यसखाले महोत्सवको आयोजना गरिएको महोत्सव संयोजक तारा अधिकारीले जानकारी दिनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर