मोरङको सिंहवाहिनीको प्रवर्द्धनमा काठमाडौंमा छलफल

दमक, २८ बैशाख /  उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे ९ रिंगुवामा अवस्थित ऐतिहासिक विद्यालय ‘सिंहवाहिनी मावि’को प्रवर्द्धनका लागि काठमाठौंमा रहेका भूतपूर्व विद्यार्थीहरुबीच छलफल भएको छ ।

 

सो विद्यालयका भूतपूर्व विद्यार्थीहरुको संस्था ‘सिंहवाहिनी मावि भूतपूर्व विद्यार्थी सञ्जाल’को आयोजनामा काठमाडौंस्थित सम्पर्क समितिसँग छलफल भएको हो । सञ्जालका अध्यक्ष राजकुमार राईको उपस्थितिमा काठमाडौं सम्पर्क समिति संयोजक गोपाल कार्कीका साथै सदस्यहरु रमेश घिमिरे, मञ्जु अधिकारी, प्रेमकुमार राईसहितको उपस्थितिमा छलफल गरी विद्यालयमा अक्षयकोष स्थापना लगायतका विषयमा योजना अघि बढाउने निर्णय भएको छ ।

 

काठमाडौंमा रहेका सिंहवाहिनी माविका भूतपूर्व विद्यार्थीहरुको थप खोजी गरी सञ्जालमा जोड्ने र सृजनात्मक गतिविधि अघि बढाउने सल्लाह भएको सञ्जाल अध्यक्ष राईले जानकारी गराउनु भयो ।

 

सञ्जालले अभियान सञ्चालन गरी आर्थिक स्रोत जुटाएर विद्यालयमा खानेपानीको व्यवस्थापन र विद्यालय रंगरोगन कार्य सम्पन्न गरेको छ । अक्षयकोष निर्माण गरी विद्यार्थीको पठन पाठनमा सघाउने अबको योजना रहेको अध्यक्ष राईले उल्लेख गर्नुभयो । सञ्जालले विभिन्न देशमा प्रवास सम्पर्क समिति समेत निर्माण गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच