मोरङको सिंहवाहिनीको प्रवर्द्धनमा काठमाडौंमा छलफल

दमक, २८ बैशाख /  उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे ९ रिंगुवामा अवस्थित ऐतिहासिक विद्यालय ‘सिंहवाहिनी मावि’को प्रवर्द्धनका लागि काठमाठौंमा रहेका भूतपूर्व विद्यार्थीहरुबीच छलफल भएको छ ।

 

सो विद्यालयका भूतपूर्व विद्यार्थीहरुको संस्था ‘सिंहवाहिनी मावि भूतपूर्व विद्यार्थी सञ्जाल’को आयोजनामा काठमाडौंस्थित सम्पर्क समितिसँग छलफल भएको हो । सञ्जालका अध्यक्ष राजकुमार राईको उपस्थितिमा काठमाडौं सम्पर्क समिति संयोजक गोपाल कार्कीका साथै सदस्यहरु रमेश घिमिरे, मञ्जु अधिकारी, प्रेमकुमार राईसहितको उपस्थितिमा छलफल गरी विद्यालयमा अक्षयकोष स्थापना लगायतका विषयमा योजना अघि बढाउने निर्णय भएको छ ।

 

काठमाडौंमा रहेका सिंहवाहिनी माविका भूतपूर्व विद्यार्थीहरुको थप खोजी गरी सञ्जालमा जोड्ने र सृजनात्मक गतिविधि अघि बढाउने सल्लाह भएको सञ्जाल अध्यक्ष राईले जानकारी गराउनु भयो ।

 

सञ्जालले अभियान सञ्चालन गरी आर्थिक स्रोत जुटाएर विद्यालयमा खानेपानीको व्यवस्थापन र विद्यालय रंगरोगन कार्य सम्पन्न गरेको छ । अक्षयकोष निर्माण गरी विद्यार्थीको पठन पाठनमा सघाउने अबको योजना रहेको अध्यक्ष राईले उल्लेख गर्नुभयो । सञ्जालले विभिन्न देशमा प्रवास सम्पर्क समिति समेत निर्माण गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर