तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

 

गत चैत १५ गतेको तीनकुने घटनाको अनुसन्धानका क्रममा बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जनाउनु भयो । फरार अवस्थाका बस्नेतलाई आज सुकेधारा क्षेत्रबाट पक्राउ गरिएपछि म्याद थपका लागि अदालत लगिएको छ ।

 

व्यवसायी दुर्गा प्रसाईंको अगुवाइमा भएको तीनकुनेको प्रदर्शनका क्रममा एक सञ्चारकर्मीसहित २ जनाको मृत्यु भएको थियो । साथै दर्जनौँ गाडीमा आगजनी र व्यक्तिगत तथा सरकारी सम्पत्तिमा समेत आगजनी भएको थियो । प्रहरीले प्रसाईंसहितलाई पक्राउ गरी मुद्धा चलाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रुखबाट लडेर झापामा एक जनाको मृत्यु

झापा, १० माघ । रुखबाट लडेर झापा गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बिहान १०ः३० बजे झापा गाउँपालिका वडा न.६फुलगाछी बस्ने

फेरिएको दमक बजारको चमक

दमक ९ माघ । पाँच–छ वर्ष अगाडि दमकको अवस्था सम्झिँदा आज पनि धेरैको मन भारी हुन्छ। धुलाम्मे सडक, अव्यवस्थित बजार, जताततै भीड र दुर्घटनाको डर।

दमक क्याम्पसमोडबाट आम्दा जाने सडकले दिएको सहजता

दमक,९ माघ।घरबाट बाहिर निस्किएपछि हरेक व्यक्तिको गन्तव्य सडकसँग जोडिएको हुन्छ। विद्यालय जाने विद्यार्थीदेखि कार्यालय जाने कर्मचारीसम्म, सबैको दिनको सुरुवात सडकबाट नै हुन्छ। सडक व्यवस्थित भयो