भारतीय  गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन

Lata-Mangeshkar-1

 

 

 

काठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो ।

उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् । हिन्दुस्तान टाइम्सका अनुसार मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको हो। उनी ९२ वर्षकी थिइन्।

केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई अस्पताल भर्ना गरिएको थियो। उनलाई कोरोनाभाइरसको संक्रमण पनि देखिएको थियो।

आफ्नो जीवनकालमा मंगेशकरले ३६ भाषामा ३० हजार बढी गीत गाएकी थिइन्। मंगेशकरले नेपाली चलचित्रका लागि पनि गीत गाएकी थिइन्।

लता मंगेशकरको अवस्था नाजुक देखेर उनलाई आईसीयूमा भेन्टिलेटरमा राखिएको थियो । गत हप्ता उनको स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरबाट निकालिएको खबर आएको थियो । । डाक्टरहरूले लता मंगेशकरको स्वास्थ्यको निरन्तर निगरानी गरिरहेका थिए तर बचाउन सकेनन।

लता मंगेशकरलाई भारतीय सिनेमाको सबैभन्दा सफल गायिका मानिन्छ। उनले १३ वर्षको उमेरमा आफ्नो गायन करियर सुरु गरेका थिए । उनले विभिन्न भारतीय भाषामा ३० हजारभन्दा बढी गीतमा स्वर दिएका छन् । उनलाई भारत रत्न बाहेक पद्मभूषण, पद्म विभूषण, दादासाहेब फाल्के पुरस्कार र भारत सरकारबाट धेरै राष्ट्रिय चलचित्र पुरस्कारले सम्मानित गरिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।