सडक नै बन्यो समस्या

स्थानीयले गरे दीपिन मार्ग लगातार अबरुद्ध

घाम लाग्दा धुलोले पुर्ने र पानी पर्दा सडककै भासिने समस्या ।

दमक, २९ बैशाख / ढल निकासको पाइप विछ्याउन भत्काएको सडक लामो समयसम्म त्यसै अलपत्र पारेर छोडिएपछि दमक ५ स्थित दीपिनी मार्गका बासिन्दा आन्दोलित भएका छन् । स्थानीयले सडक खाल्डाखुल्डी बनेर अस्तव्यस्त अवस्थामा रहेपछि आज बिहानबाट सडक अबरुद्ध गरेका छन् ।

 

घाम लागेको बेला सडकको धुलो उडेर स्थानीय व्यवसायीसहितका वासिन्दालाई समस्या हुने र पानी परेको बेला खाल्डामा पानी जमेर सडक नै भासिने गरेको समस्या भएपछि स्थानीय सडक बन्द गरेर आन्दोलित भएका हुन् ।

 

स्थानीय व्यवसायी घनेन्द्र पाठक, राम रिमाल, जीवन दाहालसहितको अगुवाईमा यलम्बर चोक उत्तरमा सडकमा बाँस बाँधेर अबरुद्ध गर्दै सडक चाँडो पुरेर कालोपत्र गर्न दमक नगरपालिका कार्यालयसँग स्थानीयले माग अघि सारेका छन् ।

 

सो सडकखण्डको पूर्वी किनारमा ५ नम्बर वडा कार्यालय र पश्चिम किनारमा दीपिनी आधारभूत विद्यालय समेत पर्दछ । वडा कार्यालय अगाडि नै सडक खाल्डो परेर सिटी सफारी दुर्घटना समेत भएको अवस्था छ । धुलोले पसलका सामानहरु बिग्रिएको समेत दर्शाउँदै दमक फन जोनका सञ्चालक घनेन्द्र पाठकले नगरपालिका कार्यालयले सम्बन्धित पक्षलाई चाँडो सडक बनाउन लगाउनु पर्ने माग गर्नुभयो । उहाँले पटक पटक नगरपालिका कार्यालयमा जाँदा पनि चाँडै बनाउन पहल भइरहेको भन्ने आवश्वासन मात्र आउने गरेको गुनासो गर्नुभयो । ‘पानी नपर्दा धुलोले बसिसक्नु हुँदैन, पानी पर्दा पानी जमेर खाल्डा बनेर उस्तै समस्या । सडक बनाउन जिम्मा लिनेको यो अति लापरबाही भयो ।’– उहाँले समस्या दर्शाउनु भयो ।

 

सडक निर्माणको प्रतिक्षा लामो समय भएको अवस्थामा अझै यसलाई बेवास्ता गरे अझ सशक्त रुपमा उत्रिन बाध्य हुने व्यवसायी राम रिमालको भनाई छ ।

 

दीपिनीमार्ग अन्तर्गत पूर्वपश्चिम सडकको सगरमाथा पेट्रोलपम्पदेखि लाइफलाइन अस्पताल उत्तर रातोपुल क्षेत्रसम्मको सडक उही हालतमा रहँदा स्थानीय धुलो र हिलोको समस्याबाट पीडित छन् भनें त्यस क्षेत्रमा यातायातका साधन गुडाउननै निकै समस्या छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर