पथरी शनिश्चरे खेलकुद महोत्सवमा भारोत्तोलन

पथरी, ३० बैशाख / दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सवमा भारोत्तोलन प्रतियोगिता सम्पन्न भएको छ ।

 

वडा नम्बर १ मा अवस्थित प्रस्तावित पथरी रंगशालामा आयोजित प्रतियोगितामा ५० केजी तौल समूहमा सन्देश राई पहिलो, विक्रम माझी दोस्रो र कृष्ण श्रेष्ठ तेस्रो बन्नुभयो । ६० केजी तौल समूहमा जीवन राई पहिलो, विशाल दियाली दोस्रो, प्रशान्त प्रधान तेस्रो, ७० केजी तौल समूहमा जितन राई पहिलो, लोकबहादुर तामाङ दोस्रो, आशिष लिङ्थेप तेस्रो हुनुभयो । ८० केजी तौल समूहमा विशाल वर्देवा पहिलो, कृष्ण थापा दोस्रो र अशोक राईले तेस्रो स्थान हाँसिल गर्नुभयो ।

 

चारै तौल समूहका विजेताहरुलाई खेलकुद महोत्सवको समापन कार्यक्रममा पुरस्कार वितरण गरिने आयोजकका सदस्य सचिव नविन खुलालले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर