पथरी शनिश्चरे खेलकुद महोत्सवमा भारोत्तोलन

पथरी, ३० बैशाख / दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सवमा भारोत्तोलन प्रतियोगिता सम्पन्न भएको छ ।

 

वडा नम्बर १ मा अवस्थित प्रस्तावित पथरी रंगशालामा आयोजित प्रतियोगितामा ५० केजी तौल समूहमा सन्देश राई पहिलो, विक्रम माझी दोस्रो र कृष्ण श्रेष्ठ तेस्रो बन्नुभयो । ६० केजी तौल समूहमा जीवन राई पहिलो, विशाल दियाली दोस्रो, प्रशान्त प्रधान तेस्रो, ७० केजी तौल समूहमा जितन राई पहिलो, लोकबहादुर तामाङ दोस्रो, आशिष लिङ्थेप तेस्रो हुनुभयो । ८० केजी तौल समूहमा विशाल वर्देवा पहिलो, कृष्ण थापा दोस्रो र अशोक राईले तेस्रो स्थान हाँसिल गर्नुभयो ।

 

चारै तौल समूहका विजेताहरुलाई खेलकुद महोत्सवको समापन कार्यक्रममा पुरस्कार वितरण गरिने आयोजकका सदस्य सचिव नविन खुलालले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले निशुल्क सिकाएको तालीमको प्रभावकारीता बारे के भन्छन् सहभागीहरू?

दमक नगरपालिका वडा नं. ३ को कार्यालयको पहिलो तला। एउटा उज्यालो हल, जहाँ २० जना महिलाहरू व्यस्त छन्। कोही डमीको कपाल मिलाउँदै, कोही एक–अर्कालाई मेकअप

दमक खेलकुद महोत्सवको रौनकः मैदानमा उत्साह, मनमा उमङ्ग

दमक,३१ वैशाख । विशाल खेल मैदान । बीचमा पसिना बगाउँदै गरेका जोसिला खेलाडी। अनि मैदानको चारैतिर आफ्ना मनपर्ने टोलीलाई उत्साह थप्दै चिच्याइरहेका हजारौँ दर्शक। यो

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

काठमाडौं,३१ वैशाख । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा यही जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महासंघले

सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने’ भन्ने प्रावधानप्रति आपत्ति :गणेशसिंह ठगुन्ना

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएकाले त्यसलाई सीमा विवादका रूपमा नभई अतिक्रमित भूभागका रूपमा स्पष्ट उल्लेख

सरकारबाट निजी क्षेत्रमाथि भय सिर्जना गर्ने काम भइरहेको छ : रामकुमारी झाँक्री

काठमाडौं,३१ वैशाख । राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभएको छ ।  

संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन : सुहाङ नेम्वाङ

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई जनताको अधिकारलाई थप सुदृढ गर्दै अग्रगमनतर्फ उन्मुख हुनुपर्ने बताउनु भएको