अवैध काराेबारकाे जालाे

अवैध वित्तीय कारोबारमा झापाका सातजना पक्राउ

यसअघि ११ जिल्लाबाट २१ जना पक्राउ । अर्बौंको कारोबार भएको प्रहरीको भनाई ।

मेचीनगर, ३१ वैशाख । प्रहरी प्रमुखका रुपमा राजन लिम्बु झापामा हाजिर भएको साता दिन नवित्दै ठूलो परिमाणको अवैध वित्तीय कारोबारमा संलग्नहरु पक्राउ पर्न थालेका छन् । यद्यपि बुधवार मेचीनगरबाट अवैध वित्तीय कारोबारमा संलग्नहरुलाई पक्राउ गर्न सीआईबी टोलीको प्रमुख भूमिका देखिएको छ ।

प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध वित्तीय कारोबारमा संलग्न ७ जनालाई झापाको मेचीनगरबाट पक्राउ गरेको छ । धुलाबारीमा बसी गिफ्टोरियम नाममा आयात निर्यातको कारोबार गर्दै आएका कविस मारु, अनुज मारुसहित निर्मल राई, दिपेन्द्र खड्का ,महेश पौडेल , अंकित अग्रवाल र सुनिल राईलाई सीआईबीले आज बिहान नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबै जनालाई आजै काठमाडौं लगिएको छ ।

पक्राउ परेकाहरूले अवैध कारोबार गरी नेपालमा ठूलो परिमाणमा रकम परिचालन गरेको प्रहरीले जनाएको छ । उनीहरुको समुहले अर्बौको अवैध कारोबार गरिहेको प्रहरी स्रोत बताउँछ । आज पक्राउ परेकाहरुबाट कति रकम बरामद भयो भन्नेचाहिँ खुलिसकेको छैन
मंगलवार स्थानीय सञ्चारकर्मीहरुको भेटमा झापाका प्रहरी उपरीक्षक लिम्बूले ‘एक साताभित्रै केही संकेत देखिने’ खुलासा गर्नुभएको थियो । उहाँको यो संकेत यही अवैध कारोबारी गिरोहतर्फ लक्षित थियो या अर्कै केही, त्यो भने स्पष्ट भइसकेको छैन ।

सीआईबी टोलीले दुई साताअघि पनि अवैध वित्तीय कारोबारमा संलग्न २१ जनालाई पक्राउ गरी करिव १८ अर्व रुपैयाँ बरामद गरेको थियो । आज पक्राउ परेका व्यक्तिहरुको त्यो समुहसँग सम्बन्ध रहेको सीआईबीको दाबी छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर