पाथीभरामा केबुलकार निर्माणको पक्षमा अदालतको फैसला

के अब निर्माण कार्य सहज अघि बढ्न सक्ला ?

दमक, ३१ बैशाख / सर्वोच्च अदालतले ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म थालिएको केबुलकार निर्माण कार्य अघि बढाउने फैसला सुनाएको छ ।

 

न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेसँगै केबुलकार निर्माण अघि बढाउने कानुनी बाटो खोलिदिएको छ ।

 

गत चैत ७ गते दायर रिट उपर चैत १३ मा सर्वोच्चले हालसम्म भएका काम कारवाही तत्काललाई यथास्थितिमा राख्न आदेश दिएको थियो । त्यस्तो आदेशपछि चन्द्र ढकाल अध्यक्ष रहेको आईएमई ग्रुपले काफ्लेपाटीमा थालेको तल्लो स्टेशन निर्माण रोकेको थियो ।

 

पाथीभरालाई आफ्‌नो संस्कृति अनुसार मुकुम्लुङ नाम दिएर सो स्थानमा केबुलकार निर्माण गर्दा आफ्‌नो सांस्कृतिक पक्षमाथि अतिक्रमण हुने भन्दै पहिचानवादीहरुले आन्दोलन अघि बढाएर निर्माण कार्य रोकेका थिए । परियोजनाले स्थानीय सभ्यता, संस्कार, परम्परा तथा धार्मिक आस्थामा असर पार्ने भएकाले यसको विरोध जनाएको भन्दै आन्दोलन अघि बढाएका थिए । पहिचानवादीहरुको विरोधका कारण रोकिएको केबुलकार निर्माण कार्य कानुनी आधारले अघि बढ्न सक्ला या नसक्ला भन्ने चर्चा परिचर्चा अघि बढेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर