दमकमा युवासंघको वृक्षारोपण

दमक, १ जेष्ठ / राष्ट्रिय युवा सङ्घ नेपालको ३६ औँ स्थापना दिवसको अवसरमा दमकमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

 

नोकप एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलको प्रमुख आतिथ्य तथा युवा संघ दमकका इन्चार्ज नवीन बरालको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

 

वृक्षारोपणमा शिरीष लगायत बिभिन्न किसिमका विरुवाहरु रोपिएको युवा सङ्घ नेपाल दमक नगर कमिटी सचिव कमल प्रसाद गैरेले जानकारी दिनुभयो।

 

कार्यक्रममा राष्ट्रिय युवा सङ्घ नेपाल झापा जिल्ला कमिटी सदस्य विवेक शर्मा भट्टराई लगायत स्थानीय बासिन्दाकाे पनि उपस्थिति रहेको थियो।

 

 

कार्यक्रम राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटी अध्यक्ष छविलाल खतिवडाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर