पुस्तक किन पढ्ने बारे समीक्षा

दमक, २, जेठ  |  झापाको कमल गाउँपालिकामा शुक्रबार एक विशेष कार्यक्रमका बीच स्पिकर कर्नर तथा पुस्तक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।

 

 

कमल गाउँपालिका–५ स्थित पाँडाजुगीको मंगलमय माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रम डीपीएल कमल तथा डीपीएल कमल टिन्सको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

 

 

“पठन संस्कृतिको विकाससँगै सकारात्मक सोच सहितको सुसंस्कृत युवा नेतृत्व” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा डीपीएल राष्ट्रिय बोर्डका उपाध्यक्ष कमल गैरे प्रमुख अतिथि रहनुभएको थियो।

 

 

गैरेले युवामा पुस्तक पढ्ने बानी विकास गर्नुका साथै वक्तृत्व कलाको प्रवर्द्धन गर्न डिपीएलले निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। साथै, कार्यक्रममा सहभागी छात्राहरुलाई डी पीएल टिन्स बोर्डको सदस्य बन्न प्रेरित गर्न समेत उहाँले आग्रह गर्नुभयो।

 

 

कार्यक्रममा विद्यालयका विद्यार्थी उपासना अधिकारी, श्रिलोका भट्टराई, परिना पराजुली र दिव्यानी दाहालले पुस्तक समीक्षा प्रस्तुति दिएका थिए। विद्यालयका प्रधानाध्यापक मोहन बगाली विशिष्ट अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनुभएको थियो।

 

 

डीपीएल कमलका निर्देशक अनिल पराजुलीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने डिपीएल कमलकी निर्देशक विनिता आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो।

 

 

 

उक्त कार्यक्रममा डीपीएल कमलका वरिष्ठ उपाध्यक्ष शम्भु निरौला, उपाध्यक्ष संगीत पोखरेल, शिक्षक-विद्यार्थी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

 

कार्यक्रम डीपीएल कमलकी अध्यक्ष आइश्वर्य चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको आग्रह– शान्ति र अहिंसाको बाटो रोजौँ

काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत

डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर