निःशुल्क शिक्षा

दमकमा ८ कक्षासम्मकाे शिक्षा कसरी निःशुल्क हुँदैछ ? चुनौतीलाई अवसरमा बदल्ने प्रयास

दमक नगरपालिकाको कार्यपालिका बैठकले गत शैक्षिक सत्रमा कक्षा ५ सम्म र यस शैक्षिक सत्रदेखि कक्षा ८ सम्म निःशुल्क शिक्षा कार्यान्वयन गर्ने निर्णय गरेको थियो । तर, यसको कार्यान्वायन प्रभावकारी हुन सकेको छैन ।

दमक, ३ जेठ ।  नेपालको संविधानको धारा ३१ को उपधारा २ मा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्कको व्यवस्था गरिएको छ । माध्यमिक तहको शिक्षालाई निशुल्क र उच्च शिक्षा सर्वसुलभ बनाउने संवैधानिक व्यवस्था छ । संविधान जारी भएको तीन वर्ष भित्र आवश्यक ऐन बनाउनु पर्ने संवैधानिक किटानी व्यवस्था छ ।

सोही अनुरुप मौलिक हकमा व्यवस्था भएको शिक्षालाई कार्यान्वयन गर्न २०७५ असोज २ गते प्रतिनिधि सभाले अनिवार्य तथा निःशुल्क शिक्षा विधेयक पारित ग¥यो । यसै ऐनलाई आत्मसात गर्दै दमक नगरपालिकाको कार्यपालिका बैठकले गत शैक्षिक सत्रमा कक्षा ५ सम्म र यस शैक्षिक सत्रदेखि कक्षा ८ सम्म निःशुल्क शिक्षा कार्यान्वयन गर्ने निर्णय गरेको थियो । तर, यसको कार्यान्वायन प्रभावकारी हुन सकेको छैन ।

दमकको वडा नं ५ स्थित दीपिनी आधारभूत बिद्यालयमा कक्षा ८ सम्म पढाई हुन्छ । यहाँ पछिल्लो तथ्याङक्मा २७५ जना बिद्यार्थी अध्ययनरत छन् । त्यस्तै १५ जना शिक्षक कार्यरत छन्, जसमध्ये ११ जना शिक्षक दरबन्दीकै रहेका छन् भने बाँकी ३ जना निजी श्रोतबाट राखिएको छ । यस्तोमा निशुल्क शिक्षा कार्यन्यनको अबस्था के छ भनी उज्यालो खवरले बिद्यालयका प्रधानाध्यापक शेष कुमार निरौलालाई प्रश्न गरेको छ । उहाँले भन्नु भयो ‘सुरुदेखीनै निशुल्क गर्ने गरी काम गरिरहेका छौ ।

विद्यालयका आवश्यकतालाई खासगरी वडा नं ५ को कार्यालयले वार्षिक बजेटनै बिनियोजन गरेर वर्षेनी उपलब्ध गराउने गरेको छ । ’उहाँले अन्य आवश्यकतालाई पुर्ति गर्न नगरपालिकाबाट समेत केहि रकम आएको हुनाले अहिले सम्म निशुल्क अध्यापन गराइरहेको बताउनु भयो । तर यतीले मात्रै पर्याप्त नभएको भन्दै बालबालिकाको सर्वाङ्गीण विकासमै नगरले कार्यक्रम बनाएर अघी बढ्नु पर्ने सुझाव पनि दिनुभयो ।

 

 

विद्यालयमा निःशुल्क शिक्षा लागू भएको भए पनि पाठ्यपुस्तक, परीक्षा शुल्क, अतिरिक्त कक्षा र विविध शीर्षकमा खर्च हुने गरेको छ । जसले गर्दा आर्थिक रूपमा कमजोर वर्गका विद्यार्थीहरूलाई समस्या पर्ने गरेको छ । त्यस्तै, पृथ्वी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक अमृत श्रेष्ठ नगरपालिकाबाट आएको बजेट पर्याप्त नभएपनि सहजिकरण गर्दै पठनपाठनको बाताबरण बनाएको बताउनुहुन्छ ।

दमक नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रबिन खड्काले नगरपालिकाको निर्देशन बमोजिम अधिकांश बिद्यालयमा निशुल्क शिक्षा कार्यन्वयनमा रहेपनि केहि बिद्यालयहरुबाट जनगुनासो आउने गरेको बताउनुभयो । यसरी आएका जनगुनाशोहरु संकलन गरि समाधान गर्दै लैजाने उहाको भनाइ छ ।

दमकका सबै २१ वटा सामुदायिक विद्यालयमा निःशुल्क शिक्षाको नीति कार्यान्वयन गरिएको छ । यद्यपि, केही विद्यालयहरूमा देखिएका समस्या क्रमिक रूपमा समाधान गर्दै लगिने दमक नगरपालिका शिक्षा समिति संयोजक कवेर भट्टराईको भनाइ छ । यसअघि लागू भएको कक्षा ५ सम्मको निशुल्क शिक्षा पूर्ण रुपमा कार्यन्वयन भएको दाबी गर्दै उहाले आधारभूत तहसम्मको शिक्षापनि सतप्रतिषत कार्यन्वयन हुनेमा आशंका नरहेको बताउनुभयो ।

संविधानले प्रत्याभूत गरेको निःशुल्क शिक्षा केबल घोषणा गर्नका लागि मात्र नभएर कार्यान्वयन गर्नुपर्ने दायित्व स्थानीय सरकारको हो । तर, कतिपय विद्यालयमा आर्थिक ब्याबस्थापनमा कठिनाई रहिरहेका कारण यसको प्रभावकारी कार्यान्वयनमा भने समस्या यथावत रहेको पाईएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि

अनुशासनहीन बन्दै समाज : कारण र समाधान

काठमाडौँ,३० असोज । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक

कांग्रेसको नयाँ नेतृत्वमा आधा दर्जनभन्दा बढी चिकित्सक, फिरदोस आलम सहमहामन्त्रीमा विजयी

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा आधा दर्जनभन्दा बढी चिकित्सकहरू निर्वाचित हुनुभएको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा