३२ औँ मदन–आश्रित स्मृति दिवस

अँध्यारो घरमा बत्ती बालेर मदन भण्डारीलाई सम्झँदै

मोरङ, ३ जेठ / नेकपा एमाले पार्टीको मोरङको पथरी शनिश्चरे नगरपालिका कमिटीले वडाको ५ र ६ सिमानास्थित एकजना आर्थिक विपन्न परिवारको घरमा विजुली बत्ति बालिदिएर ३२ औँ मदन–आश्रित स्मृति दिवस मनाइएको छ ।

 

बिजुली बत्तिको समस्या रहेको वडाको पक्कीबाँध नजिकै रहेको बिन्दे माझीको घरमा पार्टी केन्द्रीय कमिटी सदस्य युवराज बास्कोटा, प्रदेश सदस्य दिलीपकुमार राई, नगर अध्यक्ष सञ्जीव गिरीले संयुक्त रूपमा बिजुलीको बत्ती बालेर र टेबुल पंखा चलाएर माझी परिवारको मुहारमा मुस्कान ल्याएको उल्लेख छ ।

 

नगर अध्यक्ष गिरीले नेकपा (एमाले) आफ्नो अनुकूलमा मात्र होइन, जस्तोसुकै प्रतिकूल बखतमा जनजन र मनमनको साथी भएकाले राजनीतिक नेता विशेषलाई विशेष दिनमा सम्झन पनि नयाँ ढंगले कार्यक्रम ल्याइएको बताउनु भयो । जननेता मदनकुमार भण्डारीले संगठन निर्माणकालमा अग्रज हरिमाया राईको घरलाई आश्रयस्थल बनाएर पसिना सिञ्चन गर्नुभएको साविकको हसन्दहस्थित विपन्न समुदायका जीर्णअवस्थाका घरलाई स्तरोन्नति गर्ने र फुसका छाना भएकालाई फुसको छानोमुक्त घर बनाइदिने घोषणा गर्नुभएको छ । पालिकाको ८ नं. वडाध्यक्षसमेत रहनुभएका जिल्ला कमिटी सदस्य नवीनजंग कार्कीले नगरको नीति कार्यक्रमअन्तर्गत यस्ता समस्यालाई सम्बोधन र व्यवस्थापन गर्न नसकेको स्थानीय श्रमदान जुटाएर भए पनि लक्षित समुदायको सहयोगी बन्ने उद्घोष गर्नुभयो । समाजमा विभिन्न कारणले एक्लाएक्लै हुनुपरेका, शारीरिक अशक्तको अवस्था जिउनुपरेका, वृद्धअवस्थाका बुबा–आमाको साथी एमाले नै हो भन्ने कुरा यी थुप्रै घटनाक्रमले पुष्टि गरेको स्थानीय बिन्दु उराव हर्षित मुद्रामा बताउनुहुन्छ ।

 

 

स्मृति दिवसका अवसरमा बिहानमात्र वडा नं. ८, शुक्रबारे दोहोलुमा वडाले निर्माण गरेको सामुदायिक सभाहल र हाटबजार वरिपरि विभिन्न १ सय २५ प्रजातिका वृक्षरोपण समेत गरिएको छ ।

 

उता, राष्ट्रिय युवा संघ नेपाल उर्लाबारी नगर कमिटीले मदन–आश्रित स्मृति दिवसका अवसरमा शनिबार साँझ उर्लाबारी–३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठान परिसरमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण, श्रद्धाञ्जली अर्पण तथा दिप प्रज्वलन गरी दिवंगत नेताद्वयप्रति सम्मान व्यक्त गरिएको छ । कार्यक्रममा दिवंगत नेता मदन भण्डारी र जीवराज आश्रितको योगदानको स्मरण गरिएको थियो ।

 

मन्तव्य राख्दै युवा संघका केन्द्रीय सदस्य तथा वडा नं. ३ का वडाध्यक्ष भिष्मराज बुढाथोकीले मदन भण्डारीका विचारहरू बुझ्न जरुरी रहेको बताउनु भयो । उहाँले मदन मार्गमा हिँड्न सके मात्र देशको विकास र समृद्धिमा उल्लेखनीय सफलता प्राप्त गर्न सकिने धारणा राख्नुभयो ।

 

वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको स्मरणमा प्रत्येक वर्ष जेठ ३ गते यो दिवस मनाइँदै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चीनमा भूकम्प, नागरिकलाई सुरक्षित स्थानमा सारियो

चीनको दक्षिणी ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रस्थित लिउझोउ सहरमा सोमबार बिहान ५।२ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय प्रशासनका अनुसार भुकम्पले गर्दा बिहान ४ बजेसम्म १३

सोती लोकमार्ग सडक निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं,४ जेठ । रास्वपाका सांसद केपी खनालले दक्षिणमा भारत र उत्तरमा चीनको नाग्लाकोट नाकासम्म जोड्ने सोती लोकमार्ग सडक निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्

पत्रकारको हरिबिजोग देखेर मन खिन्न हुन्छ : सांसद सुनार

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले रिपोर्टिङमा खटिएका संसदीय पत्रकारहरुले भोग्नुपरेको कठिनाइबारे सरकारको ध्यानाकर्षण गराउनु भयो । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै

वायु प्रदूषणका कारण झापामा क्यान्सर पीडित बढी रहेका छन् : इन्दिरा राना मगर

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले औद्योगिक क्षेत्र र वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु

’बाँदर मार्नुपर्छ’ भन्ने अभिव्यक्तिप्रति सांसद तामाङको आपत्ति

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसदमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा

नेपालबाट मान्छे बेच्ने एजेण्ड ध्वस्त हुनु आवश्यक छ : ओली

काठमाडौं,४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले वैदेशिक रोजगारीका नाममा भइरहेको मानव बेचबिखन र अवैध एजेन्ट नेटवर्कविरुद्ध कडा कारबाही गर्न सरकारसँग माग गर्नु