कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु

पर्यटन वर्ष र लगानी सम्मेलनमा केन्द्रित बजेट बनाउने तयारी

प्रदेशको बजेट असार १ गते प्रदेश सभामा पेस गरिने ।

विराटनगर, ४ जेठ / कोशी प्रदेश सभाको बजेट अधिवेशनका रुपमा वर्खे अधिवेशन आजबाट सुरु भएको छ ।

 

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीका अनुसार आगामी आर्थिक वर्षमा सरकारको पर्यटन वर्ष तथा लगानी सम्मेलनलाई केन्द्रमा राखेर नीति कार्यक्रम र बजेट प्रस्तुत हुने तयारी रहेको छ । ‘पर्यटन वर्षलाई प्राथमिकतामा राख्ने नै भयौँ । त्यसका साथै निजी लगानीलाई समेत आकर्षित गर्ने कार्यक्रम पनि समावेश गर्नुपर्ने हुन्छ ।’ भण्डारीले भन्नुभयो ।

 

 

प्रदेश सरकारले आफ्नो क्षमता अनुसारका बहुवर्षिय योजना सञ्चालन गर्नुका साथै, कृषि क्षेत्रको व्यवसायीकरणको कार्यक्रमलाई समेत प्राथमिकीकरण गर्ने उहाँको भनाई छ ।

 

नीति र कार्यक्रम पछि खासगरी प्रदेशको बजेट असार १ गते प्रदेश सभामा पेस गरिन्छ । हाल कोशी प्रदेशमा नेकपा (एमाले) को नेतृत्वमा सरकार रहेको छ भने सरकारमा नेपाली काङ्ग्रेससमेत सहभागी छ ।

 

अधिवेशनको पहिलो बैठकमा आज शिर्ष नेताहरुले संबोधन गर्नुभएको छ । प्रदेश सभाको आजको बैठकलाई संबोधन गर्दै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एजेण्डामा वर्तमान सरकार असफल भएको आरोप लगाउनुभएको छ । दलका नेताहरु यो सरकार टिक्छ भन्दै हिँड्न परेको अवस्थाले पनि सरकारको असफलता प्रष्ट्याउने उहाँको जिकिर छ । पूर्वअर्थमन्त्री समेत रहनुभएका आङ्बोले प्रधानमन्त्रीले नै अर्को दललाई विश्वास दिलाउँदै हिड्नु परेको बताउनुभयो ।

 

यस्तै, एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले प्रदेश सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । पूर्व मुख्यमत्री समेत रहनुभएका राईले प्रदेशसभामा जारी बर्खे अधिवेशनको बैठकका क्रममा बोल्दै पटक–पटक आवाज उठाउँदा पनि प्रभाव नपरेको भन्दै सरकारको जवाफदेहीपनामा प्रश्न उठाउनुभयो । धेरैपटक बलियो बोलेर केही हुन्छ जस्तो नलागेको उल्लेख गर्दै उहाँले आफ्‌नै इज्जत जोगाउन पनि अब नबोल्नुपर्ने स्थिति आएको तर्क गर्नुभयोे । अघिल्लो अधिवेशनमा टुंग्याउने भनिएको योजनाको नियमावली अझै नबनेको प्रति राईले असन्तुष्टि पोख्नुभएको थियो ।

 

उता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले हालै सम्पन्न लगानी सम्मेलनलाई सकारात्मक कदम भएको बताउनुभयो । उहाँले राष्ट्र निर्माणका लागि स्पष्ट कानूनी योजना आवश्यक रहेको पनि उल्लेख गर्नुभयो । सिटौलाले फरक मत राख्नेहरूप्रति राज्य कठोर भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो । सरकारको कार्यशैलीप्रति आलोचना गर्दै सिटौलाले गणतन्त्र दीर्घकालीन नहुन सक्ने चेतावनी पनि दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर