सर्वोदयमा आफ्‌ना प्रतिनिधि चुन्न विद्यार्थी निर्वाचन प्रक्रियामा सामेल

निर्वाचन पद्धतीको सम्पूर्ण अभ्यास

दमक, ५ जेठ /  झापाको दमक–५ स्थित सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८२ का लागि विद्यार्थी नेतृत्व चयन तथा शपथ ग्रहण कार्यक्रम आइतबार उत्साहपूर्वक सम्पन्न भएको छ ।

 

नेतृत्व विकास र लोकतान्त्रिक अभ्यासको प्रवद्र्धन गर्ने उद्देश्यले विद्यालयले हरेक वर्षझैं यस वर्ष पनि स्कूल क्याप्टेन, भाइस क्याप्टेन, हाउस क्याप्टेन तथा हाउस भाइस क्याप्टेन पदहरूमा निर्वाचन सम्पन्न गरेको हो ।

 

यसपटकको निर्वाचन विशेष रहेको थियो, किनभने करिब ९० प्रतिशत सम्पूर्ण प्रक्रिया विद्यार्थीहरूको नेतृत्वमै सम्पन्न भएको विद्यालयले जनाएको छ । उम्मेदवारी दर्तादेखि प्रचारप्रसार, मतदान, मतगणना र नतिजा प्रकाशनसम्मका कार्य विद्यार्थी टोलीले आफ्नै व्यवस्थापनमा सम्पन्न गरे ।
निर्वाचनपछि विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा नव–निर्वाचित क्याप्टेनहरूलाई प्रधानाध्यापक नवीन योगीले ब्याच प्रदान गर्नुभयो, भने शपथ ग्रहण कार्यक्रम पूर्व क्याप्टेनहरूको अगुवाइमा सम्पन्न भयो ।

 

विद्यालयले यस किसिमको अभ्यासले विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास, लोकतान्त्रिक मुल्य र जिम्मेवारीबोधको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छ ।

 

सर्वोदयले शिक्षासँगै व्यवहारिक ज्ञान, सिर्जनशीलता र सामाजिक जिम्मेवारीमा जोड दिँदै ‘सिक्ने स्कुल’को पहिचान बनाउँदै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर