सुनसान सुनपसल

बिक्नै छाड्यो महङ्गाे सुन

व्यवसायीहरूकाे गुनासाे - ‘भाउ त बढ्यो नि, तर ग्राहकले सुन किन्नै नसक्दा हामीले कसरी बेच्नु र ?

दमक, ५ जेठ । अहिले विवाहको लगन चलेकाे  छ । मौसमको फेरबदलसँगै सुनको मूल्यले पनि रेर्कड तोड्ने गर्छ । यति बेला बिहे खर्च महङ्गो भएको अवस्थामा सुन समेत महंगिदा अझ समस्या थपिएको छ ।

जेठ महिनामा विवाहको लगन पनि बढी नै हुन्छ । बढी लगन भयो भने सुनको बढी कारोबार होला भनेर सुनचाँदी व्यवसायी खुसी हुनु स्वाभाविक नै हो । तर, यस वर्ष ठीक उल्टो भएको छ । सुनको भाउ बढेसंगै अन्य वर्ष जस्तो सुनचाँदी व्यवसायीहरुको अनुहारमा चमक देखिदैन । सुनको भाउ उकालो लाग्दा विवाह खर्च महङ्गिएको छ । विवाह खर्च महङ्गिदाँ सुनचाँदी पसलमा उपभोक्ताको संख्या न्युन देखिदा व्यापारमै समस्या भएको दमकस्थित मनकामना ज्वेलरीकी सञ्चालक अस्मिता जगमेरको दुखेसो छ । ‘भाउ त बढ्यो नि, तर ग्राहकले सुन किन्नै नसक्दा हामीले कसरी बेच्नु र ? समस्या छ ।’–उहाँले समस्या दर्शाउनु भयो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दा नेपालमा पनि भाउ बढ्छ । यो बेला छापावाल सुन प्रतितोला १ लाख ८५ हजार रुपैयाँसम्म पुगेको छ । सुनको भाउ उकालो लाग्दा सोचे अनुसारको कारोबार भएको छैन । जसले सुनचाँदी व्यवसायीमा निराशा छाएको दमकका अर्का सुनचाँदी व्यवसायी अजित कुमार शंकरले समेत समस्या दर्शाउनु भयो । सुनको भाउ बढेकालेनै ब्यापार घटेको गुनासो गर्नुहुन्छ ।

जेठ महिनामा जम्मा ८ दिन विवाहको लगन छ । लगन धेरै भएपनि सुनको भाउ उकालो लाग्दा कारोबारमा सन्नाटा छाएपछि के गर्ने कसो गर्ने भएको छ दमकस्थित रत्न ज्वेलरीका सञ्चालक रत्न गजमेरलाई ।

बाहिरबाट हेर्दा धेरै व्यापार भएको र धेरै कमाएको देखिए पनि भित्री अवस्था त्यस्तो नरहेको दमकका अर्का सुनचाँदी व्यवसायी किरण गजमेर भन्नुहुन्छ ‘मानिसको क्रयशक्ति कमजोर भएकाले विहेको आवश्यकता बनेको भएपनि सुन किन्न समस्या छ । हाम्रो व्यवसाय चौपट हुने भयो ।’
बजारमा सुन पसलमा उपभोक्ताहरुको चहल पहल देखिदैन । कतिपय व्यवसायीले त तीन चार दिनसम्म बोहनी समेत नगरेको दुखेसो गर्छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ

बाढीपहिरोपछि बजार अनुगमन तीव्र, १० विशेष टोली परिचालन हुने

काठमान्डौ,१५ भदौ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति