नगर बनेको १० वर्षपछि पथरी शनिश्चरेको भवन शिलान्यास

पाँचतले भवनको लागत ११ करोड ८ लाख २५ हजार ७ सय १८ रुपैयाँ रहेको छ ।

पथरी, ५ जेठ / नगरपालिका बनेको १० वर्षपछि मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माणको प्रक्रिया अघि बढेको छ ।

 

 

यसक्रममा सोमबार नगरको वडा नम्बर १० शिविर डाँडाको सशस्त्र बेस क्याम्प दक्षिणमा नगर प्रमुख मोहनप्रसाद तुम्वापो र उपप्रमुख देवीमाया काफ्लेले इँटा राखेर भवनको शिलान्यास गर्नुभयो । सरकारी जग्गा प्रक्रिया पुर्‍याएर नगरको भोगाधिकार ल्याएपछि १२ कठ्ठा क्षेत्रमा प्रशासनिक भवन बन्न लागेको हो ।

 

पाँच तलाको भवनको  ठेक्का आह्वान (बोलपत्र आह्वान) पश्चात् भ्याट र पीएस सहित ११ करोड ८ लाख २५ हजार ७ सय १८ रुपैयाँ लागतमा निर्माण गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले जानकारी दिनुभयो । २०८३ चैत्र मसान्तसम्ममा भवन सक्नुपर्ने सर्तमा बैशाख ४ गते निर्माण व्यवसायीसँग सम्झौता भएको उहाँले जनाउनु भयो ।
सो पाँचतले प्रशासनिक भवनको क्षेत्रफल ९ हजार २ सय ५२ स्क्वायर फुट रहने अपाङ्गमैत्री, ज्येष्ठ नागरिकमैत्री र बालबालिकामैत्री भवन निर्माण हुनेछ । भवनको लागि नगरले ४ करोड ७० लाख छुट्टयाएको थियो भनें नेपाल सरकारले भवन निर्माणको लागि १२ करोडको आधा ६ करोड रकम दिने व्यवस्था रहेको र अन्य स्रोत जुटाएर भवन निर्माण सम्पन्न हुने अधिकृत राईको भनाइ थियो ।

 

शिलान्यास कार्यक्रमको अध्यक्षता गर्नु भएका नगरप्रमुख तुम्वापोले सरकारी जग्गा नगरपालिकाको नाममा ल्याउन सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद दिनुभयो । प्रमुख तुम्वापोले नगरको प्रशासनिक भवन बन्ने वातावरण बनाउने सम्पूर्णलाई जस जाने र आफूले मात्र जस नलिने बताउनुभयो ।
कार्यक्रममा संविधान सभा सदस्यद्वय चण्डीप्रसाद राई, लालबहादुर सुस्लिङ मगर, नगरका पूर्व प्रमु्‌ख दीलिपकुमार राई, पूर्व शनिश्चरे गाविस अध्यक्ष मोहन न्यौपाने, नेपाली कांग्रेसका नगर उपसभापति कुलबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा नगरपालिकाको पूर्व उपप्रमुख यमुना विष्ट वास्तोला, वडाध्यक्षहरुलगायतका जनप्रतिनिधि तथा सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो । १० नम्बर वडा अध्यक्ष जीवन खतिवडाले वडाको तर्फबाट सहभागिलाई स्वागत गर्नुभएको थियो ।

 

पथरी र शनिश्चरेबीचको अस्तित्वको लडाईंका रुपमा लामो समयदेखि केन्द्रको विवाद रहेकाले भवन बन्न सकेको थिएन । विवाद अदालतबाट अन्त्य भएपछि पहिले सरकारले तोकेको स्थानमा भवनका लागि जग्गाको प्रक्रिया पुरा गरी शिलान्यासको अवस्था अघि बढेको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका