भेन्डिङ मेसिन प्रदान

क्याम्पस र विद्यालयमा भेन्डिङ मेसिन प्रदान

 

 

 

धरान  इटहरीस्थित पाथीभरा एड्भरटाइजिङ प्रा.लि. आठौं वर्षमा र पाथीभरा जब लिङ्क तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा क्याम्पस र विद्यालयलाई स्यानिटरी प्याड राख्ने भेन्डिङ मेसिन प्रदान गरिएको छ ।

इटहरीका जनता बहुमुखी क्याम्पस र महेन्द्र माध्यमिक विद्यालयमा भेन्डिङ मेसिन र स्यानिटरी प्याड हस्तान्तरण गरिएको कम्पनीका प्रबन्ध निर्देशक पवन अधिकारीले जानकारी दिए । विद्यार्थीहरू महिनावारी भएका बेला समस्या नहोस् भनेर भेन्डिङ मेसिन हस्तान्तरण गरिएको उनले बताए ।

मेसिन तथा स्यानिटरी प्याड हस्तान्तरण कार्यक्रममा  बोल्दै जनता बहुमुखी क्याम्पसकी प्रमुख प्रा.डा. गीता अधिकारीले भेन्डिङ मेसिनले क्याम्पसलाई फाइदा पुगेको बताइन् । उनले महिनावारी भएकै कारण क्याम्पसमा किशोरीहरूले पढाइ छाड्नुपर्ने बाध्यता अब हटेको बताइन् ।

‘यो मेसिनले ठूलो राहत पुगेको छ, अब क्याम्पसमा अध्ययनरत छात्राहरूलाई निकै सहज हुनेछ’–उनले भनिन् । जनता बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा अप्सरा कार्कीले आफूहरू महिनावारी भएको समयमा क्याम्पस नै आउन कठिन हुने गरेकोमा अब त्यस्तो बाध्यता हटेको बताइन् ।

यसैगरी महेन्द्र माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष टङ्क पौडेलले पाथीभराले विद्यार्थीको हितमा काम गर्दा आफूहरू लाभान्वित भएको बताए । पाथीभरा जब लिङ्कले बेरोजगारी युवाहरूलाई रोजगारी प्रदान गर्दै आएको छ । यस्तै पाथीभरा एड्भरटाइजिङले प्रदेश १ मा रहेर स्थानीय एवम् राष्ट्रिय रूपमा विज्ञापनका क्षेत्रमा काम गर्दै आएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टेकुमा आगलागी: दुई दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य जारी

काठमाडौँ , ५ असोज। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका

कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त अपरिहार्य: नेता पाण्डे

काठमाडौं , ५ असोज।  नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता दीर्घराज पाण्डेले देशमा विद्यमान व्यवस्था परिवर्तनका लागि पार्टीले सैद्धान्तिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको

त्रिपुरेश्वर बस आगलागी घटना: छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको

विवाद नसुल्झिए हुलाक कार्यालयमा तालाबन्दी गर्ने नेपाल पत्रकार महासंघ झापाको चेतावनी

भद्रपुर , ५ असोज । सरकारले छापा सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको बजेटमा ५० प्रतिशत कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला हुलाक

बाढीको क्षति मूल्यांकन गर्न चार जिल्लामा २५० भन्दा बढी कर्मचारी परिचालन

 काठमाडौं ,  असोज ५। रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन