भेन्डिङ मेसिन प्रदान

क्याम्पस र विद्यालयमा भेन्डिङ मेसिन प्रदान

pwww

 

 

 

धरान  इटहरीस्थित पाथीभरा एड्भरटाइजिङ प्रा.लि. आठौं वर्षमा र पाथीभरा जब लिङ्क तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा क्याम्पस र विद्यालयलाई स्यानिटरी प्याड राख्ने भेन्डिङ मेसिन प्रदान गरिएको छ ।

इटहरीका जनता बहुमुखी क्याम्पस र महेन्द्र माध्यमिक विद्यालयमा भेन्डिङ मेसिन र स्यानिटरी प्याड हस्तान्तरण गरिएको कम्पनीका प्रबन्ध निर्देशक पवन अधिकारीले जानकारी दिए । विद्यार्थीहरू महिनावारी भएका बेला समस्या नहोस् भनेर भेन्डिङ मेसिन हस्तान्तरण गरिएको उनले बताए ।

मेसिन तथा स्यानिटरी प्याड हस्तान्तरण कार्यक्रममा  बोल्दै जनता बहुमुखी क्याम्पसकी प्रमुख प्रा.डा. गीता अधिकारीले भेन्डिङ मेसिनले क्याम्पसलाई फाइदा पुगेको बताइन् । उनले महिनावारी भएकै कारण क्याम्पसमा किशोरीहरूले पढाइ छाड्नुपर्ने बाध्यता अब हटेको बताइन् ।

‘यो मेसिनले ठूलो राहत पुगेको छ, अब क्याम्पसमा अध्ययनरत छात्राहरूलाई निकै सहज हुनेछ’–उनले भनिन् । जनता बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा अप्सरा कार्कीले आफूहरू महिनावारी भएको समयमा क्याम्पस नै आउन कठिन हुने गरेकोमा अब त्यस्तो बाध्यता हटेको बताइन् ।

यसैगरी महेन्द्र माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष टङ्क पौडेलले पाथीभराले विद्यार्थीको हितमा काम गर्दा आफूहरू लाभान्वित भएको बताए । पाथीभरा जब लिङ्कले बेरोजगारी युवाहरूलाई रोजगारी प्रदान गर्दै आएको छ । यस्तै पाथीभरा एड्भरटाइजिङले प्रदेश १ मा रहेर स्थानीय एवम् राष्ट्रिय रूपमा विज्ञापनका क्षेत्रमा काम गर्दै आएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित