विचार

‘झोले’ : अर्थ र यसको दुरुपयोग

‘झोले’ भन्ने व्यङ्ग्यात्मक शब्द अहिले नेपाली समाजमा प्रचलित भाषाजस्तो भएको छ । परस्पर चिया गफदेखि लिएर विषय संवाद आदानप्रदानमा ‘झोले’ शब्द खुबै चलेको छ । यसमाथि भरखरैमात्र चर्चित गायकले गीत पनि निकालिसक्नुभयो ।

 

सामान्यतः ‘झोले’ भनेको–
१) झोला बोकेर हिड्ने नागरिक सर्वसाधारण पनि पर्छन्,
२) झोल भएको खानेकुरा खाने पनि झोले कहलाउन सक्छन् र
३) पछिल्लो समय राजनीतिक दलसम्बद्ध कार्यकर्ता पनि झोले कहलाउने गरेका छन् ।

 

विभिन्न घटनाक्रम र सन्दर्भमा प्रयोग हुन सक्छ ‘झोले’ शब्द । यसको अर्थ घटनाक्रम र सन्दर्भअनुसार फरक पर्न सक्छ । झट्ट हेर्दा सुन्दा बुझिदैन– कसलाई, केलाई र कहाँ प्रसङ्गमा भनिएको छ ।

 

म चाहिँ तेस्रो नम्बरको झोलेमा पर्छु । राजनीतिलाई सेवाको माध्यम बुझ्ने गरेको झोले । राजनीतिकर्मीका ठाउँबाट एकलयमा हिड्न सक्ने झोले हुन । राजनीतिमा चाहिने विषयगत अध्ययन, चिन्तनमनन, आचरण, इमान, निष्ठासाथ झोला बोक्ने गरेको छु । विचारले परिस्कृत र व्यवहार निर्देशित राजनीतिक अभियानको ‘झोले’ हुँ । आज हलक्क भएको बखतमात्र होइन, म संलग्न/सम्बद्ध राजनीतिक दल कमजोर हुँदा पनि यसको ‘झोले’ हुँ । मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादको सैद्धान्तिक आलोकमा विश्वास गर्ने ‘झोले’ हुँ । जात, लिंग, वर्ग, धर्म, क्षेत्र आदिका आधारमा भेदभाव नचाहने समानताको पक्षपाती ‘झोले’ हुँ । सबै मानवलाई समान अधिकार र अवसरको दृष्टिकोणले हेर्नुपर्छ भन्ने अर्थमा श्रमिकवर्गको शोषणको विरुद्ध हुन्छ र श्रमिक अधिकार, न्याय र उचित पारिश्रमिकका लागि संघर्ष गर्न उत्प्रेरित भएको ‘झोले’ हुँ ।

 

व्यक्तिगत फाइदाभन्दा समाजको सामूहिक हितको पक्षमा दृढ़ मतका साथ उभिने ‘झोले’ हुँ । आफ्नो ग्रहण गरेको विचारमा अडिग र संगठनात्मक अनुशासन पालनाको पक्षमा कटिबद्ध ‘झोले’ हुँ । आचरणमा सरल र निष्ठा विकासका दृष्टिकोणले विलासिताबाट टाढा रहन चाहने र व्यक्ति व्यवहारमा इमानदार र पारदर्शी हुनुपर्छ भन्ने ‘झोले’ हुँ । नेतृत्वले जनमतसँग मिल्दोजुल्दो व्यवहार गर्नुपर्छ भन्ने ‘झोले’ हुँ । जनमतसँग नजिकै रहनुपर्छ, जनमतको दुःख, पीडा, अपेक्षा आदि बुझ्न सक्ने जनप्रतिनिधि हुनुपर्छ भन्ने ‘झोले’ हुँ । व्यक्ति स्वयंको व्यवहारमा पनि स्वार्थ र विभेदरहित व्यक्तित्व विकासको पक्ष हुनुपर्छ र सामाजिक न्याय, समानता र बहुसंख्यक जनमतको भलोको पक्षमा काम गर्नुपर्छ भन्ने ‘झोले’ हुँ ।
(पथरी शनिश्चरे, मोरङका बास्कोटा नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,