विचार

अब हामी ‘दारासिङ’ बन्न अभिशप्त छैनौं

ए,
दारासिङ, किङकङ, फाइटरेन् वा
सालाई होपसाङ लाइटरेन् वा ।

 

पूर्वी नेपालमा लाग्ने मेला, हाटबजारमा कुनै समय पालाममा किस्साहरुमा दिवंगत दारासिङ यसरी बाँच्थे । सामुदायिक भावार्थमा दारासिङ एक सामुदायिक प्रतिनिधित्वको दृष्टान्त थिए कसो ।

 

हामीलाई, हामीले ’हामी हिडिआएको बाटोको कथा’ भन्नु थियो । समयको कथा भन्नु थियो । समाजको विकासक्रममा मानिससंग जोडिएका मानवशास्त्र, समाजशास्त्र, भू–अर्थराजनीति कहनु थियो, केलाउनु थियो समयको अवयबहरु । यसैको सन्दर्भमा समाजका तत्कालिन भूँइपात्र कर्ण बहादुर उर्फ दारासिङको जीवनसंघर्षलाई दृष्टान्त पार्यौँ । फालेलुङ पियेम्;देन हुँदै पृथ्वीनगर र झोडा सट्टाभर्नाको पथरी मोरङसम्म यथेष्ट–कथ्य संकलनमा लाग्यौँ । अन्ततः तय भयो ’‘उर्फ दारासिङ’।

 

बुझ्दै जाँदा समाजमा सुनिआएको किस्साहरु भन्दा भिन्न लाग्यो तत्कालीन समयको कथा र उनले व्यतीत गरेको समय । तत्कालिन समय यस्तो थियो, जतिबेला पहिल्यैदेखि सामुदायिक भोगचलनको रुपमा रहिआएको किपट खारेज भएको थियो । राजनीतिक रुपमा भूतपूर्व सैनिकहरुलाई बिभाजित पारिदै थियो । भाषा, लिपि, सांस्कृतिक पक्षहरुमा जवरजस्त बन्देज हुँदै थियो । मुख्य कुरा, सामुदायिक एकतामा –फुटाउ राजनीतिको नीति अवलम्बन गरिँदै थियो । यसैको कोपभाजनमा परेका प्रतिनिधि पात्र हुन्‌‘दारासिङ’ । मानिसको असल र खराब दुबै प्रबृत्ति हुन्छन् नै । नाटकको कथासार, तत्कालीन समयको कथा नै हो जहाँ समाज, राज्य, संस्कृति, रहनसहन इत्यादि जोडिन्छ ।

 

फेरि भनौँ, दारासिङ प्रतिनिधि पात्र हो । अलिकति राज्यको कारणले, अलिकति आफ्नै अन्जानले । यो चौहद्दिमा फैलिएका आम नेपालीहरु –राजनीतिक कोपभाजनमा अब हामी ’दारासिङ’ बन्न अभिशप्त छैनौं ।

 

(लिङ्देन, हाल मण्डला थिएटर काठमाडौंमा मञ्चन जारी नाटक ‘उर्फ दारासिङ’का लेखक हुनुहुन्छ ।)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय

रविलाई चिनियाँ राजदूतको आश्वासन– विपद् पूर्वसूचना प्रणाली बलियो बनाउँछौं

 काठमाडौं , १६ भदौ । रास्वपा सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवर्ता भएको छ ।उनीहरूबीच बुधबार दिउँसो सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा

रसुवा, नुवाकोट र धादिङमा १६ अर्ब ५० करोडको भौतिक क्षति

काठमाडौँ,१६ भदौ। सहरी विकास तथा भवन निर्माण विभागले हालैको बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठुलो भौतिक क्षति भएको जनाएको छ ।सडक