निर्यातका नियमबारे छलफल

नेपाली उत्पादनलाई विदेश निर्यात गराउने तरिका दमकमा सिकाउन थालियो

आफ्नो उत्पादनलाई विदेशमै लगेर कसरी बिक्री गर्ने र त्यसबाट अधिकतम मुनाफा कसरी गर्ने भन्ने तरिका जान्नै पर्ने हुन्छ ।

दमक, १० बैशाख / आयातको भरमा चलेको नेपालले आफ्नो उत्पादन विदेशको बजारमा निर्यात गर्न पनि सक्नुपर्छ । त्यसका लागि उत्पादक माझ विदेशी व्यापारी आउने र खरिद गर्ने भन्दा पनि आफ्नो उत्पादनलाई विदेशमै लगेर कसरी बिक्री गर्ने र त्यसबाट अधिकतम मुनाफा कसरी गर्ने भन्ने तरिका जान्नै पर्ने हुन्छ । यही तरिका सिकाउन झापाको दमकमा शनिबारबाट सात दिनसम्म विभिन्न युवा उद्यमीहरुलाई नेपाली उत्पादनको निर्यात नीति र उत्पादनको गुणस्तरीयताका बिषयमा तालिम दिन सुरु गरिएको छ ।

 

 

ण्लामका चिया उद्यमी सुमित श्रेष्ठ करिब २५ वर्षदेखि भारतमा डोको टी ब्रान्डका चिया निर्यात गर्दै आइरहनु भएको छ । उहाँको अनुसार चिया उत्पादन राम्रो भएपनि ब्राण्डिङ र नेटवर्किङको कमिका कारण तेश्रो मुलुकमा निर्यात गर्न कठिन भइरहेको छ । यो तालिमले अन्तर्राष्ट्रिय बजारमा पुग्नको लागि नयाँ ढोका खोल्ने उहाँको विश्वास छ ।

 

 

धरानकी सुभेक्षा अधिकारी होमबेस्ड अर्गानिक होलिबिटाको उत्पादन गर्नुहुन्छ । उहाँ पनि अन्तर्राष्ट्रियकरणको माध्यम तथा कानुनी जटिलताबाट निक्कै चिन्तित देखिनुहुन्छ । तर,दमकको तालिमबाट उहाँले आवश्यक जानकारी पाइएला भनेर निक्कै आशावादी भएको सुनाउनु भयो । तालिम लिएपछि निकासीमा सहयोग पुग्नेमा उहाँले निक्कै आशा राख्नुभएको छ ।

 

 

तालिमका प्रशिक्षक रहनुभएका ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उप निर्देशक राजेन्द्र सिंह सहभागीहरु माझ निर्यात सम्बन्धी बुझाईको कमी रहेको बताउनुहुन्छ । उहाँका अनुसार गुणस्तर, मूल्य र माग अनुसार उत्पादन गर्न नसक्दा नेपाली बस्तुहरु अन्तर्राष्ट्रिय बजारमा टिक्न गाह्रो छ । यो तालिमपछि सहभागीहरुले व्यवहारिक अभ्यास गरी निकासी प्रक्रिया सहज रुपमा थाल्न सक्ने उहाँ दाबी गर्नुहुन्छ ।

 

 

दमक च्याम्बर अफ कमर्शको आयोजनामा सात दिनसम्म सञ्चालन हुने तालिमले नेपाली उत्पादनलाई विश्व बजारमा लैजान सक्ने रणनीति निर्माणमा योगदान दिने कुरामा दुई मत नदेखिएको दमक च्याम्बर अफ कमर्शका उपाध्यक्ष अजय अग्रवालको भनाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका