निर्यातका नियमबारे छलफल

नेपाली उत्पादनलाई विदेश निर्यात गराउने तरिका दमकमा सिकाउन थालियो

आफ्नो उत्पादनलाई विदेशमै लगेर कसरी बिक्री गर्ने र त्यसबाट अधिकतम मुनाफा कसरी गर्ने भन्ने तरिका जान्नै पर्ने हुन्छ ।

दमक, १० बैशाख / आयातको भरमा चलेको नेपालले आफ्नो उत्पादन विदेशको बजारमा निर्यात गर्न पनि सक्नुपर्छ । त्यसका लागि उत्पादक माझ विदेशी व्यापारी आउने र खरिद गर्ने भन्दा पनि आफ्नो उत्पादनलाई विदेशमै लगेर कसरी बिक्री गर्ने र त्यसबाट अधिकतम मुनाफा कसरी गर्ने भन्ने तरिका जान्नै पर्ने हुन्छ । यही तरिका सिकाउन झापाको दमकमा शनिबारबाट सात दिनसम्म विभिन्न युवा उद्यमीहरुलाई नेपाली उत्पादनको निर्यात नीति र उत्पादनको गुणस्तरीयताका बिषयमा तालिम दिन सुरु गरिएको छ ।

 

 

ण्लामका चिया उद्यमी सुमित श्रेष्ठ करिब २५ वर्षदेखि भारतमा डोको टी ब्रान्डका चिया निर्यात गर्दै आइरहनु भएको छ । उहाँको अनुसार चिया उत्पादन राम्रो भएपनि ब्राण्डिङ र नेटवर्किङको कमिका कारण तेश्रो मुलुकमा निर्यात गर्न कठिन भइरहेको छ । यो तालिमले अन्तर्राष्ट्रिय बजारमा पुग्नको लागि नयाँ ढोका खोल्ने उहाँको विश्वास छ ।

 

 

धरानकी सुभेक्षा अधिकारी होमबेस्ड अर्गानिक होलिबिटाको उत्पादन गर्नुहुन्छ । उहाँ पनि अन्तर्राष्ट्रियकरणको माध्यम तथा कानुनी जटिलताबाट निक्कै चिन्तित देखिनुहुन्छ । तर,दमकको तालिमबाट उहाँले आवश्यक जानकारी पाइएला भनेर निक्कै आशावादी भएको सुनाउनु भयो । तालिम लिएपछि निकासीमा सहयोग पुग्नेमा उहाँले निक्कै आशा राख्नुभएको छ ।

 

 

तालिमका प्रशिक्षक रहनुभएका ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उप निर्देशक राजेन्द्र सिंह सहभागीहरु माझ निर्यात सम्बन्धी बुझाईको कमी रहेको बताउनुहुन्छ । उहाँका अनुसार गुणस्तर, मूल्य र माग अनुसार उत्पादन गर्न नसक्दा नेपाली बस्तुहरु अन्तर्राष्ट्रिय बजारमा टिक्न गाह्रो छ । यो तालिमपछि सहभागीहरुले व्यवहारिक अभ्यास गरी निकासी प्रक्रिया सहज रुपमा थाल्न सक्ने उहाँ दाबी गर्नुहुन्छ ।

 

 

दमक च्याम्बर अफ कमर्शको आयोजनामा सात दिनसम्म सञ्चालन हुने तालिमले नेपाली उत्पादनलाई विश्व बजारमा लैजान सक्ने रणनीति निर्माणमा योगदान दिने कुरामा दुई मत नदेखिएको दमक च्याम्बर अफ कमर्शका उपाध्यक्ष अजय अग्रवालको भनाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि

अनुशासनहीन बन्दै समाज : कारण र समाधान

काठमाडौँ,३० असोज । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक

कांग्रेसको नयाँ नेतृत्वमा आधा दर्जनभन्दा बढी चिकित्सक, फिरदोस आलम सहमहामन्त्रीमा विजयी

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा आधा दर्जनभन्दा बढी चिकित्सकहरू निर्वाचित हुनुभएको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा