राजस्व छलिको आरोपमा झा पक्राउ

विराटनगर, १२ जेठ / विरामीलाई आर्थिक भार पर्ने ‘न्युट्रास्युटीकल’ (खाद्यपूरक) सामग्रीमा नयाँ उत्पादन मिति राखेर बजार पठाउने गरेको आरोपमा न्युट्रास्युटिकल एसोसिएसन मोरङका अध्यक्ष बिपिन झालाई प्रहरीले पक्राउ गरेको छ ।

 

 

पक्राउ पर्ने डरले भारततर्फ भागेका झालाई विराटनगर आएपछि राजस्व अनुसन्धान कार्यालय इटहरीले पक्राउ गरेको हो । झा माथि ठूलो परिमाणमा राजस्व छलेको आरोप छ । पक्राउ परेलगतै सोही आरोपमा अनुसन्धान अगाडि बढाएको बताइएको छ । यद्यपि झालाई पक्राउ गरेको विषयलाई भने राजस्व अनुसन्धान कार्यालयले गुपचुप राख्ने प्रयत्न गरेको छ । उच्च अदालत विराटनगरमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।

 

राजस्व कार्यालयले १३ दिनको म्याद थप माग गरेको भए पनि अदालतले पाँच दिनको मात्र अनुमति दिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदीश प्रसाद भट्टले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर